थप उडानका लागि चिनियाँ एअरलाइन्सको अनुरोध अमेरिकाद्वारा अस्वीकार <p>वासिङ्टन। चिनियाँ एअरलाइन्सहरूले थप उडानका लागि गरेको अनुरोध अमेरिकाले अस्वीकार गरेको छ।</p> <p>चीनबाट चारवटा एअरलाइन्सले त्यस्तो अनुरोध गरेका थिए। अलजजिराका अनुसार ती एअरलाइन्सले दुई मुलुकबीच हुने साताको उडान संख्या थप्&zwj;न अमेरिकालाई आग्रह गरेका थिए।</p> <p>तर, अमेरिकी यातायात मन्त्रालयले उक्त प्रस्ताव अस्वीकार गरेको हो। चीनबाट हुने उडान थप्&zwj;न पहिले अमेरिकी एअरलाइन्सले गर्ने उडानमा लगाइएको प्रतिबन्ध हटाउनुपर्ने उक्त मन्त्रालयको शर्त छ।</p> <p>उडान संख्या थप्&zwj;न अस्वीकार गर्नुको अर्थ कोरोना भाइरसका कारण लगाइएको यात्रा प्रतिबन्धको मुद्दालाई अझ चर्काउनु नभएको मन्त्रालयले स्पष्&zwj;ट गरेको छ। यो साताको शुरुदेखि चीन र अमेरिका दुवैतर्फबाट चार-चारवटा उडान गर्ने सहमतिमा पुगेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्