बहराइनमा ४४९ नेपालीमा कोरोना संक्रमण
<p>काठमाडौं । वैदेशिक रोजगारीमाा बहराइन पुगेका ४ सय ४९ जना नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बहराइनको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको हो।</p>
<p>संक्रमितमध्ये धेरैजना उपचारपछि निको भई अस्प्तालबाट फर्किसकेका छन् भने केही अझै उपचाररत छन्। बहराइनका नागरिकमा हालसम्म २० हजार ९ सय १६ जनामा कारोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। संक्रमितमध्ये ५७ जनाको मृत्यु भएको छ।</p>
<p>यसैबीच, बहराइनमा लकडाउनका कारण समस्यामा परेका नेपालीलाई ११ असारमा स्वदेश पर्काइने बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। बहराइनमा ३५ हजार नेपाली कामदार छन् । तीमध्ये १ हजार १ सय १८ जनाले स्वदेश फर्किन चाहेका छन्।</p>
<p>बहराइनबाट स्वदेश फर्कन लाग्ने खर्च कामदार आफैंले व्यहोर्नुपर्नेछ। एक जना कामदारले ३ सय ९२ अमेरिकी डलर बुझाउनुपर्ने दूतावासले जनाएको छ। स्वदेश फर्किनुअघि सबैले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यस्तो परीक्षण स्वदेश फर्किनु सात दिनभन्दा अघिको मान्य हुने छैन।</p>
प्रतिक्रिया दिनुहोस्
