बालिकालाई बलात्कार आरोपमा पक्राउ <p>कैलाली। बहिनी नाता पर्ने नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा २२ वर्षीय युवक पक्राउ परेका छन्।</p> <p>कञ्&zwj;चनपुरको भीमदत्त नगरपालिकाकी नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बैतडी घर भई कञ्&zwj;चनपुरमा फुपूको घरमा बस्दै आएका ती युवक पक्राउ परेका हुन्। उनले फुपूकी छोरीलाई बलात्कार गरेको आरोप लागेको छ। जिल्ला प्रहरी कार्यालय कञ्&zwj;चनपुरका डीएसपी अमरबहादुर थापाका अनुसार बालिकाको परिवारले उनीविरुद्ध किटानी जाहेरी दिएको छ।</p> <p>४ असार राति बालिकालाई बलात्कार गरेको जाहेरीमा उल्लेख छ। जाहेरीलगत्तै उनलाई पक्राउ गरिएको डीएसपी थापाले जानकारी दिए। उनका अनुसार पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि महाकाली अस्पतालमा लगिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्