जीवन लुइँटेलको कविता ‘स्मृतिमा तिमी’
<p>काठमाडौं। पछिल्लो समयमा सामाजिक सञ्‍जालमा व्यस्त बनेका अभिनेता जीवन लुइँटेलले अर्को कविता सार्वजनिक गरेका छन्।</p>
<p>लुइटेलले लकडाउनको सदुपयोग गर्दै ‘स्मृतिमा तिमी’ कविता ल्याएका हुन्। हाल अमेरिकामा बस्दै आएका उनले आफ्नो युट्युब च्यानलमार्फत कविता सार्वजनिक गरेका छन्। यसअघि उनले कविताको पहिलो भाग सार्वजनिक गरेका थिए। ‘यो साँझ’ शीर्षकको कविता ल्याएसँगै जीवनको परिचयमा अभिनेतासँगै कवि पनि थपिएको छ।</p>
<p>लामो समय सामाजिक सञ्‍जालबाट टाढा रहेका जीवन लकडाउनपछि भने सक्रिय देखिएका छन्। चलचित्र क्षेत्रमा एक समय एकछत्र राज गरेका जीवन यतिबेला अमेरिकामा छन्। चक्लेटी नायकको पगरी पाएका जीवन चलचित्र क्षेत्रमा फर्किन चाहन्छन् तर समयले उनलाई साथ दिइरहेको छैन। </p>
<p>सामाजिक सञ्‍जालमार्फत उनले कोरोना त्रासका बीच सबैलाई सचेत रहन आग्रह गर्दै आएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
