स्वास्थ्यकर्मीमा संक्रमण, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका सेवा बन्द
<p>कैलाली। दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्‍ठानमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि प्रतिष्‍ठानका सबै सेवा दुई दिनका लागि बन्द गरिएको छ।</p>
<p>हिजो गरिएको स्वाब परीक्षणमा प्रतिष्‍ठानमा कार्यरत चारजना स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि सबै सेवा बन्द गरिएको प्रतिष्‍ठानले जारे गरेको विज्ञप्ति उल्लेख छ।</p>
<p>प्रतिष्‍ठानका अस्पताल निर्देशक, नर्सिङ इन्चार्ज, इमर्जेन्सी वार्डमा कार्यरत एक स्वास्थ्यकर्मी र आइसोलेसन वार्ड इन्चार्जसहित चार जनामा कोरोना पोजिटिभ देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्
