चरेससहित एक पक्राउ
<p>कैलाली । डडेल्धुरामा लागूऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आलिताल गाउँपालिका–६ मकवानपुरका धनसिंह धामी (२२वर्ष) २ किलो पाँचसय ग्राम चरेससहित पक्राउ परेका हुन् ।</p>
<p>इलाका प्रहरी कार्यालय जोगबुढाको टोलीले चरेसको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा जाँच गर्ने क्रममा धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधिराम न्यौपानेले बताए।</p>
<p>धामीले घरको भुइँ तलामा झोलामा चरेस लुकाएर राखेका थिए । धामीविरुद्ध लागूऔषध नियन्त्रण ऐन बमोजिम अनुसन्धान अगाडि बढाइएको डीएसपी न्यौपानेले बताए।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
