२४ घण्टामा ब्राजिलमा थपिए ५५ हजारभन्दा बढी कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा ब्राजिलमा ५५ हजार २ सय ९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। एकैदिन एउटै देशमा यति ठूलो संख्यामा संक्रमित यसअघि थपिएका थिएनन्।

यसअघि अमेरिकामा गत २४ अप्रिलमा ३९ हजार ७२ जना कोरोना संक्रमित थपिएका थिए। ब्राजिलमा हिजो थपिएका कोरोना संक्रमितको संख्याले अमेरिकाको यो रेकर्ड तोडेको छ।

ब्राजिलमा कोरोना संक्रमितको कुल संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ। यो अमेरिकामा रहेका संक्रमित पछिको ठूलो संख्या हो। ब्राजिलमा कोरोनाका कारण हालसम्म ४९ हजार ९० जनाले ज्यान गुमाइसकेका छन्, जसमध्ये १ हजार २ सय २१ जनाको मृत्यु हिजो भएको थियो।

ब्राजिलमा यसअघि सबैभन्दा बढी कोरोना संक्रमित १६ जुनमा थपिएका थिए। त्यस दिन ब्राजिलमा ३७ हजार २ सय ७८ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो।

ब्राजिलका संक्रमितमध्ये हालसम्म ५ लाख २० हजार ३ सय ६० जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। अहिले ब्राजिलमा ४ लाख ६९ हजार १ सय १८ जना संक्रमित उपचारत छन् । तीमध्ये ८ हजार ३ सय १८ जनाको अवस्था गम्भीर छ। कोरोनाको आशंकामा ब्राजिलमा हालसम्म २३ लाख ४४ हजार ४ सय ३७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्