विश्वमा कोरोना संक्रमितको संख्या साढे ८७ लाख नाघ्यो, ४ लाख ६१ हजारले ज्यान गुमाए

काठमाडौं । विश्‍वमा कोरोना भाइरस संक्रमितको संख्या ८७ लाख ५० हजार ५ सय १ पुगेको छ। कोरोनाका कारण हालसम्म विश्‍वमा ४ लाख ६१ हजार ८ सय १३ जनाले ज्यान गुमाइसकेका छन्।

वल्डोमिटर्सका अनुसार विश्‍वमा रहेका संक्रमितमध्ये ४६ लाख २० हजार ३ सय ५५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हाल विश्‍वमा कोरोना भाइरसका ३६ लाख ६८ हजार ३ सय ३३ जना संक्रमित उपचारत छन्।

तीमध्ये ५४ हजार ७ सय ९१ जनाको स्वास्थ्य अवस्था गम्भीर छ भने ३६ लाख १३ हजार ५ सय ४२ जनाको अवस्था सामान्य छ। नेपालमा हालसम्म ८ हजार २ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये २२ जनाको मृत्यु भइसकेको छ भने १ हजार ४ सय २ जना उपचारपछि निको भई घर फर्किसकेका छन्। नेपालमा कोरोनाको पहिलो संक्रमित गत ९ माघमा देखिएका थिए।

विश्‍वमा पहिलो पटक कोरोना भाइरस सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी वुहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्‍वका २ सय १३ देश तथा क्षेत्रमा फैलिसकेको छ।

विश्‍वमा सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित अमेरिकामा देखिएका छन् भने मृत्यृ हुनेको सबैभन्दा ठूलो संख्या पनि अमेरिकामै छ। वल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या २२ लाख ९६ हजार ८ सय ९ जना पुगेको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म १ लाख २१ हजार ४ सय २ जनाले ज्यान गुमाइसकेका छन्।

ब्राजिलमा कोरोना संक्रमितको संख्या १० लाख ३८ हजार ५ सय ६८ पुगेको छ, जसमध्ये ४९ हजार ९० जनाको मृत्यु भइसकेको छ। रुसमा कोरोना संक्रमितको संख्या ५ लाख ६९ हजार ६३ रहेको छ भने ७ हजार ८ सय ४१ जनाको मृत्यु भएको छ।

भारतमा हालसम्म ३ लाख ९५ हजार ८ सय १२ जनामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ। भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ७० पुगेको छ। बेलायतमा ३ लाख १ हजार ८ सय १५ कोरोना संक्रमित रहेकोमा ४२ हजार ४ सय ६१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्