१९ महीने बालिकासहित गण्डकी प्रदेशमा ५८ जना नयाँ संक्रमित थपिए <p>काठमाडौं । गण्डकी प्रदेशमा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p> <p>स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ, नवलपुर, गोरखा, म्याग्दी, कास्की,स्याङ्जा र बागलुङमा नयाँ संक्रमित थपिएका हुन्। तनहुँमा २५, नवलपुरमा १६, गोरखामा ५,म्याग्दी १, कास्की २,स्याङ्जा १ र बागलुङमा ८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।</p> <p>संक्रमित हुनेमा कास्कीकी १९ महीने बालिका र बागलुङकी एक महिला पनि छन्। अन्य सबै पुरुष हुन्। यससँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या चार सय ३८ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्