भोलिदेखि मक्का खोल्दै साउदी अरेबिया

रियाद। कोभिड-१९ महामारीका कारण बन्द रहेको मुसलमान समुदायको पवित्र स्थल मक्का खुला गर्ने निर्णय साउदी अरेबियाले गरेको छ।

सरकारी निर्णयअनुसार तीन महीनादेखि बन्द रहेको मक्का भोलिदेखि भक्तजनका लागि खुला गरिनेछ।

अलजजिराका अनुसार केही दिनयता कोरोना संक्रमित बढिरहेका छन्। त्यसका बावजुद साउदी अरेबिया सरकारले मक्का खुला गर्ने निर्णय लिएको हो।

सरकारी टेलिभिजनका अनुसार साउदी अरेबियाका करिब एक हजार पाँच सयवटा धार्मिक स्थलहरू भक्तजनका लागि खुला गर्ने सरकारी तयारी छ। त्यसका लागि धमाधम धार्मिक स्थलहरूमा सरसफाइ गर्दै गरिएका दृश्य टेलिभिजनले प्रसारण गरेको छ।

नियमित धार्मिक यात्रा हज शुरु हुनु एक साताअघि उक्त सरकारी निर्णय आएको छ। यस वर्ष हज यात्राले निरन्तरता पाउँछ कि रद्द हुन्छ भन्‍नेबारे सरकारले केही बताएको छैन।

साउदी अरेबियामा एक लाख ५० हजारजना कोरोना भाइरसको संक्रमणमा परेका छन्। तीमध्ये एक हजार दुई सयजनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्