कैलाली। कोरोनाको संक्रमण बढ्दै गएपछि कैलालीको अत्तरिया बजार बन्द गर्ने सहमति भएको छ।
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्न गोदावरी नगरपालिकालाई अनुरोध गरिएकोमा समझदारी भएको बताए।
उनले तत्काल १५ दिनका लागि अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गर्ने गोदावरी नगरपालिकालगायतका निकायसँग सहमित भएकाे भएको जानकारी दिए।
नगरपालिका नगर प्रमुख हरिसिंह साउँदले जारी गरेको अपिलपत्रमा संक्रमणबाट एकजनाको मृत्युसमेत भइसकेको र संक्रमण बढ्दै गएकाले भीडभाडले जोखिम बढ्ने भन्दै अत्यावश्यकबाहेकका पसलहरू बन्द गर्न अनुरोध गरिएको छ।
३२ जेठ कोरोना पुष्टि भएका गोदावरी-१ का ४६ वर्षीय पुरुषको मृत्यु भएपछि परिवारमा समेत कोरोना संक्रमण फैलिएकाले समुदाय नै जोखिममा पर्न सक्ने भन्दै बजार व्यवसाय बन्द गर्ने निर्णय गरिएको नगर प्रमुख साउँदले बताए।
यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिका र डडेल्धुरा सदरमुकामसमेत सिल गरिएका छन्।
" /> कैलाली। कोरोनाको संक्रमण बढ्दै गएपछि कैलालीको अत्तरिया बजार बन्द गर्ने सहमति भएको छ।अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक देवकोटाले नगर क्षेत्रमा संक्रमण बढ्दै गएका कारण केही दिनका लागि बजार व्यवसाय बन्द गर्न गोदावरी नगरपालिकालाई अनुरोध गरिएकोमा समझदारी भएको बताए।

">