काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरूमा ६० वर्षभन्दा बढी उमेरका मानिसहरू छन्। त्यसैले ६० वर्षभन्दा माथिका उमेर समूहकालाई ‘जोखिम समूह’ मा राख्ने गरिएको छ। र, उनीहरूले कोरोना संक्रमणबाट जोगिन विशेष ध्यान दिनुपर्ने जनाउँदै आइएको छ ।
तर, नेपालमा हालसम्मको कोरोना संक्रमितको संख्या र उमेर समूह हेर्दा जोखिम समूहमा अझै पनि संक्रमण पुगेको देखिँदैन। यदि यूरोप र अमेरिकामा जस्तै नेपालमा पनि कोरोना भाइरसको संक्रमण जोखिम समूहमा पुग्यो भने स्थिति उतैको जस्तो भयावह हुने देखिन्छ।
यसको लागि सरकारले ढिलाइ नगरी ६० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनुपर्ने देखिन्छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले हालसम्म नेपालमा आठ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको छ।
संक्रमितमध्ये ६० वर्ष उमेरभन्दा माथिकाको संख्या मात्र ८५ जना छन्। यो भनेको कूल संख्याको १.०२ प्रतिशत हो। जोखिम समूहमध्ये ६१ देखि ७० वर्षका ६६ जना, ७१ देखि ८० वर्षका १५ जना र ८० वर्ष भन्दा माथिका चारजना छन्।
नेपालमा हालसम्मको कोरोना संक्रमितको संख्या र उमेर समूह हेर्दा जोखिम समूहमा अझै पनि संक्रमण पुगेको देखिँदैन। यदि यूरोप र अमेरिकामा जस्तै नेपालमा पनि कोरोना भाइरसको संक्रमण जोखिम समूहमा पुग्यो भने स्थिति उतैको जस्तो भयावह हुने देखिन्छ।
उमेर समूहका हिसाबले नेपालमा सबैभन्दा बढी संक्रमित २१ देखि ३० वर्ष समूहका छन्। यो समूहका तीन हजार ९३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसपछि ठूलो संख्या ११ देखि २० वर्ष समूहका छन्। यो वर्ष समूहका संक्रमितको संख्या दुई हजार २७ छ।
यस्तै, १० वर्षसम्मका २०८, ३१ देखि ४० वर्ष समूहका एक हजार ८२४, ४१ देखि ५० वर्ष समूहका ७७१ र ५१ देखि ६० वर्ष समूहका २६६ जनामा कोरोना संक्रमण भएको पाइएको छ ।
अमेरिकाको न्यूयोर्कमा गत मे सम्ममा कोरोनाका कारण १५ हजार २३० जनाको मृत्यु भएको थियो। न्यूयोर्कमा मृत्यु भएकामध्ये आधाभन्दा बढी ७३.६ प्रतिशत ६५ वर्ष उमेर कटेकाहरू थिए।
चीन, इटाली र बेलायतमा पनि मृत्यु हुनेहरू आधाभन्दा बढी जोखिम समूहका व्यक्तिहरू छन् ।
वर्ल्डो मिटर्सको अध्ययनले पनि ६० वर्षभन्दा माथि उमेरका मानिसहरूको मृत्यु अन्य उमेर समूहका भन्दा धेरै नै बढी भएको देखाएको छ।
अध्ययनले ८० वर्षभन्दा माथिका उमेरका संक्रमितको १४.८ प्रतिशतको मृत्यु भएको देखाएको छ। ७० देखि ७९ उमेर समूहका कूल संक्रमितमध्ये ८ प्रतिशतको मृत्यु भएको छ। यस्तै, ६० देखि ६९ वर्ष समूहका संक्रमितमध्ये ३.६ प्रतिशतको मृत्यु भएको छ।
विश्वका उदाहरण हेर्दा पनि नेपालका संक्रमितमध्ये कमको मृत्यु हुनुपछि एउटा कारण जोखिम समूहका व्यक्तिमा संक्रमण कम हुनु देखिन्छ।
नेपालको तथ्यांकले पनि यही देखाउँछ। यसकारण अहिले नै जोखिम समूहको सुरक्षाको लागि विशेष योजना बनाउनुपर्ने देखिन्छ।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरूमा ६० वर्षभन्दा बढी उमेरका मानिसहरू छन्। त्यसैले ६० वर्षभन्दा माथिका उमेर समूहकालाई ‘जोखिम समूह’ मा राख्ने गरिएको छ। र, उनीहरूले कोरोना संक्रमणबाट जोगिन विशेष ध्यान दिनुपर्ने जनाउँदै आइएको छ ।तर, नेपालमा हालसम्मको कोरोना संक्रमितको संख्या र उमेर समूह हेर्दा जोखिम समूहमा अझै पनि संक्रमण पुगेको देखिँदैन। यदि यूरोप र अमेरिकामा जस्तै नेपालमा पनि कोरोना भाइरसको संक्रमण जोखिम समूहमा पुग्यो भने स्थिति उतैको जस्तो भयावह हुने देखिन्छ।

">