काठमाडौं। युरोपमा कोभिड-१९को सबैभन्दा बढी असर परेको देश इटालीमा पहिलो संक्रमण देखिनुअघि डिसेम्बर २०१९मा नोबल कोरोना भाइरस रहेको एक अध्ययनले देखाएको छ।
दुईवटा शहरबाट निस्किएको फोहोर पानीमा गरिएको अध्ययनबाट निष्कर्ष आएको हो।
इटालीको ‘नेसनल इन्स्टिच्युट अफ् हेल्थ’ (आईएसएस)ले मिलान र टुरिन शहरबाट निस्किएको फोहोर पानीमा १८ डिसेम्बरमै भाइरस रहेको फेला परेको बताएको छ।
यो अध्ययनले अहिले अनुमान गरिएभन्दा धेरै पहिलेदेखि नै भाइरस विभिन्न देशमा पुगिसकेको संकेत गरेको छ।
चिनियाँ अधिकारीहरूले पहिलो संक्रमण डिसेम्बर २०१९ को अन्तिमतिर पुष्टि गरेका थिए। इटालीमा भने पहिलो संक्रमण फेब्रुअरीको मध्यतिर पुष्टि भएको थियो।
मे महीनामा फ्रान्सेली वैज्ञानिकहरूले गरेको नमूना परीक्षणले २७ डिसेम्बरमा उपचार गरिएका न्युमोनियाको लक्षण देखापरेका बिरामीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरेको थियो।
त्यस्तै स्पेनमा भएको अर्को अध्ययनले पहिलो संक्रमण देखा परेको ४० दिनअघि मध्य–जनवरीमा जम्मा गरिएको फोहोर पानीमा भाइरस भेटिएको देखाएको थियो।
अस्पतालबाट व्यक्तिमा संक्रमण पुष्टि हुनुभन्दा पहिले नै भाइरस रहेको देखाउने भएकाले फोहोर पानीको अध्ययन ‘रणनीतिक महत्त्वको भएको’ आईएसएसले बताएको छ।
इटालीका वैज्ञानिकहरूले पछिल्लो अक्टोबरदेखि फेब्रुअरीसम्म उत्तरी इटालीका फोहोर पानी प्रशोधन केन्द्रहरूबाट जम्मा गरेका ४० वटा नमूनामा परीक्षण गरेका थिए।
अक्टोबरदेखि नोभेम्बरसम्मका नमूनामा कोरोना भाइरस भेटिएन जसले त्यतिन्जेलसम्म कोरोना भाइरस इटालीमा नआइसकेको देखाउने ‘आईएसएस’ का पानी गुणस्तरविज्ञ ग्यसेप्पीना ला रोजाले बताइन्। बोलोग्ना शहरबाट जम्मा गरिएको फोहोर पानीमा भने जनवरीदेखि नै भाइरस रहेको पुष्टि भयो।
रोजाका अनुसार अध्ययन यी निष्कर्षहरूले इटालीमा भाइरस कसरी फैलियो भन्ने बुझ्न सघाउँछन्।
“तर यो अनुसन्धानले डिसेम्बरकै पहिलो संक्रमणबाट देशमा महामारी फैलिएको भन्ने निष्कर्ष दिइहाल्दैन”, रोजाले भनिन्।
इटालीभित्रै पहिलो संक्रमण लोम्बार्डी प्रान्तको कोडोंगो शहरमा देखा परेको थियो। २१ फेब्रुअरीमा उक्त शहरलाई ‘रेड जोन’ घोषणा गर्दै बन्द गरिएको थियो।

धेरै देशहरूले भाइरसको उपस्थिति फेला पार्न अहिले यो उपाय अपनाइरहेका छन्।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार, इटालीमा कोभिड–१९ का कारण झण्डै ३५ हजारको निधन भएको छ।
–बीबीसीबाट
" /> काठमाडौं। युरोपमा कोभिड-१९को सबैभन्दा बढी असर परेको देश इटालीमा पहिलो संक्रमण देखिनुअघि डिसेम्बर २०१९मा नोबल कोरोना भाइरस रहेको एक अध्ययनले देखाएको छ।दुईवटा शहरबाट निस्किएको फोहोर पानीमा गरिएको अध्ययनबाट निष्कर्ष आएको हो।

">