काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मिडफिल्डर लोरी सानेले क्लब छाड्ने चाहेको बताएका छन्।
सिटीले २४ वर्षे जर्मन विंगरलाई नयाँ सम्झाैताका लागि राजी गर्ने प्रयास गरेको थियो। सिटीसँग सानेको सम्झाैता २०२१ मा सकिँदैछ।
तर, जर्मन बुन्डेसलिगाको क्लब बायर्न म्युनिखसँग नाम जोडिएका सानेले सिटीको प्रस्तावलाई पटक-पटक अस्वीकार गर्दै आएका छन्।
‘‘उनी अर्को क्लबमा अनुबन्ध हुन चाहन्छन्,’’ सानेबारे सिटीका प्रशिक्षक ग्वार्डिओलाले भने, ‘‘मलाई थाहा छैन उनी यसै वर्ष क्लब छोड्छन् कि अर्को वर्ष सम्झाैता सकिएपछि छोड्छन्।’’
साने २०१६ मा बुन्डेसलिगाको क्लब साल्केबाट तीन करोड ७० लाख पाउण्डमा सिटीसँग अनुबन्ध भएका थिए। गत अगष्टमा सम्पन्न कम्युनिटी शिल्डका दौरान लिगामेन्टमा चोट लागेपछि सानेले खेलेका छैनन्।
क्लबले सानेलाई दुई-तीनपटक नयाँ सम्झाैताका लागि प्रस्ताव गरेको प्रशिक्षक ग्वार्डिओलाले बताए। ग्वार्डिओलाले भने, ‘‘हामीले उनलाई चाहेर नै नयाँ सम्झाैताका लागि प्रस्ताव गरेका हौं। उनीसँग विशेष क्षमता छ। हामी क्लबको लक्ष्य प्राप्तिका लागि अग्रसर हुने खेलाडीलाई क्लबमा राख्न चाहन्छौं। हामी उनलाई धेरै माया गछौं तर उनी नयाँ यात्रा गर्न चाहन्छन्।’’
" /> काठमाडौं। म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले मिडफिल्डर लोरी सानेले क्लब छाड्ने चाहेको बताएका छन्।सिटीले २४ वर्षे जर्मन विंगरलाई नयाँ सम्झाैताका लागि राजी गर्ने प्रयास गरेको थियो। सिटीसँग सानेको सम्झाैता २०२१ मा सकिँदैछ।

">