काेभिड-१९ बाट मृत्यु भएकाकाे सम्पर्कमा आएका चारजनामा देखियाे संक्रमण <p>कैलाली। गोदावरी नगरपालिका-१ मा कोरोना संक्रमणबाट ३ असारमा मृत्यु भएका ४६ वर्षीय पुरुषको सम्पर्कमा आएका चारजनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p>आज धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा मृतककी ४१ वर्षीया&nbsp; श्रीमती र उनका १६ तथा २१ वर्षीय छोराहरूमा कोरोना संक्रमण पृष्टि भएको हो। त्यस्तै एक ५८ वर्षीय पुरूषमा पनि काेराेना संक्रमण देखिएकाे छ।</p> <p>मृत्यु भएका ४६ वर्षीय पुरुषमा ३२ जेठमा कोरोना संक्रमण पुष्टि भएको थियो।</p> <p>गोदावरी नगरपालिकाले संक्रमितहरूको घर सिल गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्