काठमाडौं। क्रिकेट आयरल्यान्डले २९ वर्षे ओपनिङ ब्याट्सम्यान पाउल स्टर्लिङलाई उपकप्तानको रूपमा नियुक्त गरेको छ।
कप्तान एन्ड्रयू बालबर्नीले उक्त निर्णयमा आफूलाई कुनै समस्या नरहेको बताएका छन्।
स्टर्लिङलाई आयरल्यान्डमा आक्रामक ब्याट्सम्यानका रूपमा लिइन्छ। स्टर्लिङले २००८ मा अफगानिस्तानविरुद्ध आईसीसी इन्टर कन्टिनेन्टल कपमा आयरल्यान्डबाट डेब्यू गरेका थिए। उनले ११७ एकदिवसीय अन्तर्राष्ट्रिय तथा ७८ ट्वान्टी-२० अन्तर्राष्ट्रिय तथा तीन टेष्ट क्रिकेट खेलिसकेका छन्।
विलियम पोर्टरफिल्डले छाडेपछि बालबर्नीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो। उनले स्टर्लिङ उपकप्तानका लागि उपयुक्त पात्र भएको बताएका छन्।
‘‘स्टर्लिङलाई मैले १२ वर्षदेखि चिन्दै आएको हुँ। हामीले पहिलोपटक अन्तर प्रदेश क्रिकेटमा एकअर्काविरुद्ध खेलेका थियौं। हामीले सँगसँगै करिअर अघि बढाएका हौं,’’ आयरल्यान्डका कप्तान बालबर्नीले भने, ‘‘हामी सँगै मिडलसेक्स गएका थियौं र लन्डनमा सँगै बसेका थियौं। त्यसैले मैले एकदमै नजिकबाट चिन्नेमध्येका एक हुन्। उनी हाम्रो टीमको पनि महत्त्वपूर्ण सदस्य हुन्।’
" /> काठमाडौं। क्रिकेट आयरल्यान्डले २९ वर्षे ओपनिङ ब्याट्सम्यान पाउल स्टर्लिङलाई उपकप्तानको रूपमा नियुक्त गरेको छ।कप्तान एन्ड्रयू बालबर्नीले उक्त निर्णयमा आफूलाई कुनै समस्या नरहेको बताएका छन्।

">