काठमाडौं। नायिका सुरक्षा पन्त चलचित्र क्षेत्रसँगै सामाजिक कार्यमा पनि सक्रिय छिन्। सामाजिक कार्यमा उनको भूमिका भनेको जनचेतना जगाउने, खबरदारी गर्ने लगायतको हुन्छ।
सरकारले हालै देशको वास्तविक भूभाग समेटेर पूर्ण नक्शा जारी गरेसँगै सुरक्षाको सक्रियता फरक ढंगले बढेको छ। खासगरी अद्यावधिक नक्शालाई कसरी सर्वसाधारणको घर-घरमा पुर्याउने र त्यसबारे जनचेतना जगाउने भन्नेमा आजकाल उनको अभियान केन्द्रित छ।
सत्तामा रहेकाहरूकै उमेरका तर, देशको वास्तविक भूगोलबारे खास जानकारी नभएकालाई उनी नक्शा उपहार दिन्छिन्।
हालै उनले भक्तपुरको सूर्यविनायकमा स्थानीयलाई देशको वास्तविक भुगोलबारे जानकारी गराउनुका साथै उपहारस्वरूप नक्शा दिइन्।

बेलाबेलामा घुमफिर गर्न गाउँ घरतिर जाने बानी परेकी सुरक्षाले देशको भूगोलबारे सचेतना फैलाउन त्यही अवसरको उपयोग गर्ने गरेकी छन्।
‘गाउँतिर जाँदा एक/दुईवटा नयाँ नक्शा बोकेरै हिँड्न थालेकी छु। यसबारे चासो राख्ने तर जानकारी नभएकालाई उपहार दिन्छु,’ उनी भन्छिन्।
आफूले उपहार दिएका नक्शा सर्वसाधारणले घरको भित्तामा टास्ने गरेको र परिवारलाई पनि देशको भूगोलबारे जानकारी गराउने गरेको उनले बताइन्। सुरक्षाले आफ्नो यो अभियानलाई सचेतनासँगै खबरदारीको पनि प्रयासका रूपमा लिएकी छिन्।
‘एउटा युवा तथा सचेत नागरिक भएको नाताले देशका लागि केही न केही त गर्नुपर्यो। जसले जहाँबाट सकिन्छ, त्यहीँबाट काम गर्नुपर्छ। मैले आमाबुबा तथा दिदीहरूलाई नक्शा दिएँ। त्यसले मलाई सन्तुष्टि मिलिरहेको छ,’ सुरक्षाले भनिन्।
" /> काठमाडौं। नायिका सुरक्षा पन्त चलचित्र क्षेत्रसँगै सामाजिक कार्यमा पनि सक्रिय छिन्। सामाजिक कार्यमा उनको भूमिका भनेको जनचेतना जगाउने, खबरदारी गर्ने लगायतको हुन्छ।सरकारले हालै देशको वास्तविक भूभाग समेटेर पूर्ण नक्शा जारी गरेसँगै सुरक्षाको सक्रियता फरक ढंगले बढेको छ। खासगरी अद्यावधिक नक्शालाई कसरी सर्वसाधारणको घर-घरमा पुर्याउने र त्यसबारे जनचेतना जगाउने भन्नेमा आजकाल उनको अभियान केन्द्रित छ।

">