काठमाडौं। भक्तपुरका राजेश गाइजू र अरुण सैँजुलाई नेपाल स्काउटले पराक्रमी पट्ट पदकबाट सम्मान गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरीको शव पशुपति आर्यघाटसम्म पुर्याएर चर्चामा आएका दुवैजनालाई एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कारसहित पराक्रमी पट्ट पदकबाट सम्मान गर्ने निर्णय गरेको हो।
स्काउटले आफ्नो ६९औं स्थापना दिवसको अवसरमा ६ जनालाई विभिन्न पदकबाट सम्मानित गर्ने निर्णय गरेको हो। समाजमा सकारात्मक प्रभाव पार्न व्यक्तिगतरूपमा आफ्नो ज्यान जोखिममा पारी साहसिक कार्य गर्ने ६ जनालाई नगद पुरस्कारसहित विभिन्न पदकबाट सम्मान गर्ने निर्णय गरेको हो।
त्यस्तै भक्तपुरकै न्हूज किजु र पुनम कर्माचार्यलाई ७५ हजार राशिसहित पराक्रमी पट्ट दोस्रो दर्जा पुरस्कारबाट सम्मानित गरिनेछ। पुनम सामाजिक अभियन्तासँगै स्वास्थ्यकर्मीसमेत हुन्।
मोरङका राजाराम घिमिरे र दिवस राजवंशीलाई दीर्घ सेवापदकबाट सम्मान गर्न लागिएको हो।
नेपाल स्काउटका १५ वर्षसम्म निरन्तर सेवा गरेका स्काउटरहरूलाई वितरण गर्दै आएको पराक्रमी पट्ट पदक र दीर्घ सेवा पदक यो वर्ष ६ जनालाई प्रदान गर्न लागिएको हो।
सैजु र गाइजूले ३ जेठमा कोरोना संक्रमणबाट ज्यान गुमाएकी सुत्केरीको शव पशुपति आर्यघाटसम्म लगेका थिए। त्यहीँबाट उनीहरू दुवैजनाको चर्चा चुलिएको थियो।
" /> काठमाडौं। भक्तपुरका राजेश गाइजू र अरुण सैँजुलाई नेपाल स्काउटले पराक्रमी पट्ट पदकबाट सम्मान गर्ने निर्णय गरेको छ।कोरोना संक्रमणबाट मृत्यु भएकी सुत्केरीको शव पशुपति आर्यघाटसम्म पुर्याएर चर्चामा आएका दुवैजनालाई एक लाख ५० हजार रूपैयाँ नगद पुरस्कारसहित पराक्रमी पट्ट पदकबाट सम्मान गर्ने निर्णय गरेको हो।

">