काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मानार्थ अध्यक्षमा पुनर्बहाली गरेका टासी घलेलाई आज औपचारिकरूपमा स्वागत गरेको छ।
टासी घलेलाई २ असारमा बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले मानार्थ अध्यक्षमा पुनर्बहाली गरेको थियो।
घलेका स्वागतका लागि कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधर, उपाध्यक्ष शिक्षित पराजुली र उपेन्द्रमान सिंहलगायत केन्द्रीय समितिका सदस्यहरू उपस्थित थिए।
घले तेस्रोपटक एन्फाको मानार्थ अध्यक्षमा मनोनीत भएका थिए। यसअघि नरेन्द्र श्रेष्ठ एन्फाको अध्यक्ष हुँदा र शेर्पा निर्वाचित भएपछि घलेलाई मानार्थ अध्यक्षमा मनोनीत गरिएको थियो।
एन्फा अध्यक्ष शेर्पाले आफू निर्वाचित हुने बित्तिकै घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेका थिए।
मानार्थ अध्यक्षमा नियुक्त भएलगत्तै घलेले एन्फाको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग वा युवा एकेडेमी तथा परियोजना सञ्चालनको जिम्मेवारी पाउनुपर्ने अडान राखेका थिए। तर, अध्यक्ष शेर्पाले अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा नवीन पाँडे र युवा एकेडेमी सञ्चालनमा उपाध्यक्ष उपेन्द्रमान सिंहलाई जिम्मेवारी दिएपछि घले एन्फा नेतृत्वसँग असन्तुष्ट थिए।
त्यसपछि सम्बन्ध चिसिँदै गएपछि घले एन्फाबाट टाढिएका थिए। घलेले एन्फाका असन्तुष्ट जिल्ला फुटबल संघसँग मिलेर निर्वाचनमा भएको भनिएको आर्थिक लेनदेनको अडियो टेप सार्वजनिक गरेका थिए।
उक्त टेप प्रकरणपछि एन्फाले घलेको मानार्थ पद खोसेर कारबाही प्रक्रिया अघि बढाएको थियो। एन्फाकाे उक्त निर्णयविरुद्ध घलेले अदालतमा मुद्दा दायर गरेका थिए।
पछिल्लो समय नवीन पाँडे तथा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँगको सम्बन्ध चिसिएपछि एन्फा अध्यक्ष शेर्पा दबाबमा पर्दै गएका थिए।
आफ्नो विश्वासपात्र पाँडे र नेम्वाङसँगको सम्बन्ध चिसिएपछि शक्ति सन्तुलन मिलाउन एन्फा अध्यक्ष शेर्पाले घलेलाई मानार्थ अध्यक्षमा पुनर्बहाली गरेका हुन्।
पछिल्लो समय गरेको निर्णय एकपछि अर्को गर्दै विवादित बनेपछि शेर्पाले राखेप सदस्य सचिव रमेश सिलवालको अग्रहमा घले पुनः एन्फा फर्किएको चर्चा छ।
नेपाल गल्फ संघका अध्यक्ष समेत रहेका घले नेपाल ओलम्पिक कमिटी कार्यसमिति सदस्य हुन्।
घलेलाई मानार्थ अध्यक्षमा नियुक्त गरेका शेर्पाले पछिल्लो समय फरक मत राख्दै आएका नेम्वाङ र केन्द्रीय सदस्य दावा लामाको जिम्मेवारी खोसेका थिए।
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मानार्थ अध्यक्षमा पुनर्बहाली गरेका टासी घलेलाई आज औपचारिकरूपमा स्वागत गरेको छ।टासी घलेलाई २ असारमा बसेको एन्फा कार्यसमितिको आपतकालीन बैठकले मानार्थ अध्यक्षमा पुनर्बहाली गरेको थियो।

">