निर्देशिकाविपरीत आएका नमूना परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिकाविपरीत आएका नमूनाहरूको पीसीआर परीक्षण नगर्न अनुरोध गरेको छ।

कोभिड-१९ को नमूना संकलन गर्दा तोकिएको निर्देशिका भन्दा फरक तरिकाले संकलन भइरहेको भन्दै स्वास्थ्य मन्त्रालयले त्यस्तो नगर्न सम्बन्धित सरोकारवाला निकायलाई अनुरोध गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले निर्देशिकाविपरीत नमूना संकलन गरेर पीसीआर परीक्षणका लागि दबाब दिने गरिएको बताए।

त्यसरी नमूना संकलन गरिँदा स्रोतसाधनको दुरुपयोग हुने, परीक्षणको लागि आवश्यक व्यक्तिहरूको समयमै परीक्षण हुन नपाउने समस्या देखिएको भन्दै त्यस्तो नगर्न सबैलाई सचेत गराएको हो।

निर्देशिकामा तोकिएबमोजिमका व्यक्तिहरूको नमूना मात्र संकलन गरी परीक्षण गर्न गराउन सम्बन्धित निकायलाई सूचित गराएको हो।

प्रतिक्रिया दिनुहोस्