पछिल्लो २४ घण्टामा देशैभर ४२६ काेराेना संक्रमित थपिए, संक्रमितको संख्या ८२७४ पुग्याे

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा देशैभर ४२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८८ महिला र ३३८ पुरुष गरेर ४२६ संक्रमित थपिएका हुन्।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार देशका विभिन्न जिल्लाहरूमा कोरोना संक्रमित थपिएका हुन्।

उनका अनुसार हालसम्म देशैभर कोरोना संक्रमितको संख्या आठ हजार २७४ पुगेको छ।

देशैभरका आइसोलेसनमा ६ हजार ८५० जना कोरोना संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशैभर ६ हजार २३१ पीसीआर विधिबाट र चार हजार ३९९ आरडीटी विधिबाट नमूना परीक्षण गरिएको छ।

हालसम्म पीसीआर विधिबाट एक लाख ६१ हजार ७४९ र आरडीटी किट विधिबाट दुई लाख ४७ हजार ८७४ नमुना परीक्षण भएका छन्।

देशैभर क्वारेन्टाइन एक लाख ९ हजार ४६१ जना रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्