पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित डिस्चार्ज <p>काठमाडौं। नेपालमा कोरोना संक्रमण पुष्टि भएका मध्ये हालसम्म सबैभन्दा धेरै एकैदिन संक्रमणमुक्त भएका छन्।</p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २१६ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन्।</p> <p>देशका विभिन्न अस्पतालमा उपचाररत संक्रमित डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले जानकारी दिए।</p> <p>उनका अनुसार हालसम्म देशैभर एकहजार ४०२ जना कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्