काठमाडौं। फोक्सोको क्यान्सरका बिरामी रहेका चितवनका ७५ वर्षीय वृद्ध कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।
कोभिड-१९ पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत भरतपुर महानगरपालिका-६ का उनी आज संक्रमणमुक्त भएका हुन्।
उनका पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले उनलाई आज डिस्चार्ज गरेको हो।
फोक्सोको क्यान्सरबाट पीडित भए पनि उनी सहजै कोरोनाको संक्रमणबाट मुक्त भएका हुन्।
क्यान्सरकै उपचारका लागि भारत गएका उनी लकडाउनकै समयमा घर फर्किएका थिए।
९ जेठमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनकी श्रीमती र छोरालाई पनि संक्रमण देखिएको थियो।
छोरा भने यसअघि नै डिस्चार्ज भएका थिए। उनकी श्रीमती पनि आजै डिस्चार्ज भएकी हुन्।
संक्रमणमुक्त भएपछि उनले कोरोना भाइरससँगको संघर्षमा आफूले विजय प्राप्त गरेको प्रतिक्रिया दिए। मनोबल उच्च बनाए सहजै कोरोना जित्न सकिने आफूले अनुभव गरेको उनकाे भनाइ छ।
आज भरतपुर अस्पतालले दुवैलाई फूल दिएर बिदाइ गरेको हो।
" /> काठमाडौं। फोक्सोको क्यान्सरका बिरामी रहेका चितवनका ७५ वर्षीय वृद्ध कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।कोभिड-१९ पुष्टि भएर भरतपुर अस्पतालको आइसोलेसनमा उपचाररत भरतपुर महानगरपालिका-६ का उनी आज संक्रमणमुक्त भएका हुन्।

">