कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना पुष्टि भएको छ।
यो सँगै प्रदेशभर संक्रमितको संख्या ६१७ पुगेको छ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले कैलालीका सातजना, कञ्चनपुरका एकजना र डोटीका चारजनामा गरी १२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए।
त्यस्तै आजै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुराका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
योसँगै कैलालीमा १६० जना, कञ्चनपुरमा ९५ जना, डडेल्धुरामा १२८, डोटीमा ४२ जना, अछामका ५१, बाजुराका ६१, बैतडीमा ५२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मृत्युपछि चार र उपचारको क्रममा पुष्टि भएका एक गरी पाँचजनाको मृत्यु भइसकेको छ।
त्यस्तै १११ जना घर फर्किसकेका छन्।
घर फर्किएका १११ जनामध्ये सबै कोरोनामुक्त भने भएका छैनन्। उनीहरूलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको भन्दै विभिन्न अस्पतालहरूले घर पठाएका हुन्।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज थप १८ जनामा कोरोना पुष्टि भएको छ।यो सँगै प्रदेशभर संक्रमितको संख्या ६१७ पुगेको छ।

">