भारतबाट दार्चुला फर्किएका एक युवकको मृत्यु

कैलाली। २९ जेठमा कैलालीको त्रिनगर भन्सार नाका भएर भारतको बैंगलोरबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ।

दार्चुलाको मार्मा गाउँपालिका-३, लटिनाथका २१ वर्षीय युवकको हिजाे बेलुका मृत्यु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले बताए ।

कुँवरले युवक मानसिकरूपमा अस्वस्थ रहेकाले लटिनाथ मावि रस्कोटको क्वारेन्टाइनमा एकदिन मात्रै राखेर परिवारको जिम्मामा घर पठाइएको जानकारी दिए।

युवकाे हिजाे राति नै पीसीआर जाँचका लागि नमूना संकलन गरिएको उनकाे भनाइ छ। उक्त नमूना आजै धनगढी पठाइएको कुँवर बताउँछन्।

कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै शवको दाहसंस्कार गरिने बताइएको छ।

२ जेठदेखि स्वास्थ्यमा समस्या देखिएका युवकलाई ज्वरो र टाउको दुख्ने समस्या बढ्दै गएपछि हिजाे उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्