करीब ९ लाख नगदसहित जुवातास खेलिरहेका सातजना पक्राउ
<p>काठमाडौं। कैलालीको घोडाघोडी नगरपालिका-१ सुख्खडबाट जुवातास खेलिरहेका सातजनालाई प्रहरीले पक्राउ गरेको छ। </p>
<p>स्थानीय करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय अक्कलबहादुर शाहीलगायत सातजनालाई नगद आठ लाख ९३ हजार ५० रूपैयाँ, मोबाइल ७ थान र तास १ गड्डीसहित प्रहरीले पक्राउ गरेको हो। </p>
<p>थापाको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान र ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। </p>
<p>उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। </p>
प्रतिक्रिया दिनुहोस्
