गण्डकी प्रदेशमा कोरोना भाइरसका ३२ संक्रमित थपिए

काठमाडौं। गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ, पर्वत र तनहुँमा गरेर ३२ जनामा संक्रमण फेला परेको हो।

निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार बागलुङका १० जना, तनहुँका १७ जना र पर्वतका पाँचजनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आज बिहान मात्रै गण्डकी प्रदेशमा २४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको थियो।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ३८० पुगेको छ।

संक्रमित पुष्टि भएका सबैलाई आइसोलेसनमा राखिएको निर्देशनालयले जनाएको छ।