एकैपटक ५८ जना कोरोना संक्रमित भेटिएपछि पुरै गाउँपालिका 'सिल'

कैलाली। डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा एकैपटक धेरै कोरोना संक्रमित देखिएपछि गाउँपालिका नै 'सिल' गरिएको छ।

हिजो, ४ असारदेखि १२ असारसम्मका लागि गाउँपालिका 'सिल' गरिएको गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए

उनले कोरोना संक्रमितहरु घर नबसी हिँडडुल गर्न थालेपछि गाउँपालिका नै 'सिल' गर्नु परेको जानकारी दिए।

हिजो मात्रै गन्यापधुरामा ५८ जनामा कोरोना भाइरस संक्रमित फेला परेका थिए।

'सिल' गरिएको अवधिमा स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कार्यालयहरु, बैंक र पसलहरूसमेत बन्द रहने र आवश्यक काम बाहेकको अवस्थामा घरबाहिर कसैलाई ननिस्कन गाउँपालिकाले अनुरोध गरेको छ।

गाउँपालिकामा सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रशासकीय अधिकृत गणेश ओझाले बताए।

प्रतिक्रिया दिनुहोस्