काठमाडौं। कोरोना महामारीसँगै सबैको दैनिकी फेरिएको छ। नियमित काम गर्नैपर्नेको शैली पनि परिवर्तन भएको छ। अब कार्यालय होइन, ‘वर्क फ्रम होम’ अर्थात घरबाटै काम।
संक्रमणको जोखिमका कारण देश लकडाउनमा छ। अति आवश्यक वाहेक सबैजसो पेशाकर्मी फुर्सदमा छन्। कामको चटारोले दिनरात, महीना र बार समेतको ख्याल गर्न नसक्ने कलाकारको पनि आजकाल खासै काम छैन। घरमै थुनिएका छन्।
११ चैतबाट शुरू भएको लकडाउनका केही दिन आरामदायी रह्यो। परिवारसँगको समय रमाइलो थियो। तर, सधै अत्यन्त कार्यव्यस्ततामा रहनेलाई लामो समय बिनाकाम बस्नु सहज पक्कै थिएन। भएन पनि।
त्यसैले समय विताउने मेलो खोज्दा कलाकारहरु आजकाल थप सिर्जनात्मक भएका छन्। चर्चित अभिनेत्रीहरू फुर्सदको समयलाई उपयोग गर्दै पैसा कमाउने नयाँ शैली खोजिरहेका छन्।
नायिका केकी अधिकारी, निशा अधिकारी, स्वस्तिमा खड्का, वर्षा राउत, रिमा विश्वकर्मा र मलिना जोशीलगायतका नायिकाहरु यूट्युब च्यानल चलाएर फुर्सदको समय उपयोग गर्दैछन्।
घर परिवार र नजिकका आफन्तको सेरोफेरोमै सिमित हुँदा नियमित काम गर्न नपाएका केही कलाकारले आफ्नै यूट्युब च्यानल सुरू गरेका छन्।

केकीले आफ्नो च्यानलमार्फत भिडिओ अपलोड गरिरहेकी छिन्। भिडिओमा कथा, कविता तथा लेखहरू वाचन गरिरहेकी केकीलाई देखिन्छ। केकी अधिकारी नाम दिइएको यूट्युबमा उनले आफ्ना धारणा समेत अपलोड गर्दै आएकी छिन्।
फुर्सदको समयमा मनोरञ्जन प्रदान गर्नुका साथै जनचेतना फैलाउने उद्देश्यमा यूट्युब च्यानल चलाएको केकी बताउँछिन। ‘फेमिली शो र अन्य मनोरञ्जनका कार्यक्रममार्फत घरमा बसिरहेका दर्शकसँग जोडिइरहेका छौं,’ उनले भनिन्।
निशाले भने लकडाउनको समयमा अन्य नायिकाहरुसँग गरेको भिडिओ कुराकानीलाई आफ्नो च्यानलको खुराक बनाएकी छिन्।
नायिका निरूता सिंहले पनि यूट्युब च्यानल शुरू गरेकी छिन्। निरुताको च्यानलमा उनी आफैंले अभिनय गरेका चलचित्रका दृश्य तथा छायांकनका दृश्य छन्।
यूट्युब मनिटाइजबाट आउने पैसालाई भने प्रियंकाले महत्व दिएकी छैनन्। भन्छिन्, ‘भविश्यमा केही फरक पर्ला। तर, तत्काल मैले यसलाई पैसाका लागि भन्दापनि आफ्ना कार्यक्रमहरु दर्शक तथा शुभचिन्तकसामु पुर्याउने माध्यमका रूपमा प्रयोग गरिरहेकी छु।’
स्वस्तिमाले श्रीमान निश्चल बस्नेतसँगका रमाइला पलहरु यूट्युबमार्फत आफ्ना प्रशंसकसँग साटेकी छिन्। यसैगरी आफ्नो फोटो सुट गर्दाको भिडिओलाई पनि उनले यूट्युबमा हाल्ने गरेकी छिन्।
यूट्युबमा सक्रिय अर्की नायिका वर्षाले श्रीमान् सञ्जोग कोइरालासँग मिलेर यूट्युब च्यानल चलाइरहेकी छिन्। उनीहरूले पनि विभिन्न भ्लगहरू हाल्ने गर्छन्।
नायिका प्रियंका कार्कीलाई चार वर्षअघि खोलेको च्यानलमा सक्रियता बढाउन लकडाउनले समय दिएको छ। लकडाउनका कारण फुर्सद मिलेकाले यूट्युबलाई समय दिन भ्याएको प्रियंका बताउँछिन्।
सन्देशमूलक भिडिओसँगै रोमान्टिक कार्यक्रम अपलोड गर्दै आएकी उनले भनिन्, ‘यसले दर्शकलाई सूचनासँगै मनोरञ्जन प्रदान गर्छ। आफूलाई पनि समय विताउन सजिलो भइरहेको छ।’

रिमा र मलिना यूट्युब च्यानल बनाएर भिडिओ, भ्लग तथा सफलताको कथामार्फत प्रशंसकसँग जोडिने नेपाली सेलिब्रिटीका थप नाम हुन्।
" /> काठमाडौं। कोरोना महामारीसँगै सबैको दैनिकी फेरिएको छ। नियमित काम गर्नैपर्नेको शैली पनि परिवर्तन भएको छ। अब कार्यालय होइन, ‘वर्क फ्रम होम’ अर्थात घरबाटै काम।संक्रमणको जोखिमका कारण देश लकडाउनमा छ। अति आवश्यक वाहेक सबैजसो पेशाकर्मी फुर्सदमा छन्। कामको चटारोले दिनरात, महीना र बार समेतको ख्याल गर्न नसक्ने कलाकारको पनि आजकाल खासै काम छैन। घरमै थुनिएका छन्।

">