कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजो, ४ असारसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ५९९ पुगेको छ।
कोभिड-१९ पुष्टि भएकाहरूमा कैलालीमा १५३ जना, कञ्चनपुरमा ९४ जना, डडेल्धुरामा १२२, डोटीमा ३८ जना, अछाममा ५१, बाजुरामा ६१, बैतडीमा ५२, बझाङमा १६ र दार्चुलामा १२ जना छन्।
मृत्युपछि चार र उपचारको क्रममा पुष्टि भएका एक गरी पाँचजनाको मृत्यु भएको छ। यस प्रदेशमा संक्रमितमध्ये १११ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले प्रदेशका नौं वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भईरहेको बताए।
सेती प्रादेशिक अस्पताल धनगढीमा २२, महाकाली अस्पतालमा ३५, टीकापुर अस्पतालमा २३, डडेल्धुरा अस्पतालमा २३, जिल्ला अस्पताल अछाममा १०, जिल्ला अस्पताल डोटीमा ३, बाजुरा अस्पतालमा २, मालाखेती अस्पताल (कैलाली) मा २ र जिल्ला अस्पताल बझाङमा १ जना संक्रमित गरी नौं वटा अस्पतालमा १२१ जनाको उपचार भइरहेको कार्कीले जानकारी दिए।
अन्य संक्रमितको नौं वटै जिल्लाका स्थानीय तहको आइसोलेसनमा उपचार भईरहेको छ।
५९९ जना संक्रमितमध्ये १२१ जनाको नौँ अस्पतालमा उपचार भईरहेको छ भने १११ जना डिस्चार्ज भईसकेका छन्।
बाँकी रहेका ३६७ जना संक्रमितको अवस्थाको विषयमा भने सामाजिक विकास मन्त्रालय अनभिज्ञ छ।
३६७ जनामा अधिकांश घरमै छन् भने केहीलाई क्वारेन्टाइनमा राखिएको बताइएपनि कहाँ राखिएको छ भन्ने मन्त्रालयले खोजी शुरू गरेको जनाएको छ।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा हिजो, ४ असारसम्ममा कोरोना भाइरस संक्रमितको संख्या ५९९ पुगेको छ।कोभिड-१९ पुष्टि भएकाहरूमा कैलालीमा १५३ जना, कञ्चनपुरमा ९४ जना, डडेल्धुरामा १२२, डोटीमा ३८ जना, अछाममा ५१, बाजुरामा ६१, बैतडीमा ५२, बझाङमा १६ र दार्चुलामा १२ जना छन्।

">