धनगढीमा २८ बेडको आइसोलेसन कक्ष निर्माण अन्तिम चरणमा
<p style="text-align: justify;">कैलाली। धनगढी उपमहानगरपालिकाले बनाउन लागेको आइसोलेसन कक्षको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। </p>
<p style="text-align: justify;">धनगढी उपमहानगरपालिका-१५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रमा उपमहानगरपालिकाले आफ्नै आइसोलेसन कक्ष निर्माण थालेको हो।</p>
<p style="text-align: justify;">सम्भवत: भोलि (शनिवार) देखि नै आइसोलेसन कक्ष सञ्‍चालनमा आउने मेयर नृपवहादुर ओडले बताए। </p>
<p style="text-align: justify;">उनले तत्कालका लागि २८ बेडको आइसोलेसन कक्ष निर्माण शुरू गरिएको र यसलाई क्षमता बढाएर १५० बेड बनाइने जानकारी दिए। </p>