काठमाडौं। केही दिनयता भारत र चीनबीच बढ्दो तनावप्रति अमेरिकाले पहिलोपटक प्रतिक्रिया जनाएको छ।
गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच १ असार राति भएको हिंसात्मक झडपको घटनालाई लिएर अमेरिकाले प्रतिक्रिया जनाएको हो।
‘चीनसंग हालै भएको संघर्षका कारण मृत्यु भएका भारतीयप्रति हाम्रो गहिरो समवेदना छ। हामी यस समयमा ती सैनिक परिवार, उनीहरूका साथी र समुदायलाई सम्झन चाहन्छौं जो अहिले शोकमा छन्,’ अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले ट्वीटरमार्फत भनेका छन्।
अमेरिकाले यस्तो बेला भारतीय सैनिकको मृत्युप्रति समवेदना प्रकट गरेको छ जतिबेला अमेरिका आफैँ चीनसाग सम्बन्ध सुधार्नको लागि वार्ता गरिरहेको छ।
बुधबार मात्रै हवाईमा अमेरिकी विदेशमन्त्री पोम्पियोले चिनियाँ नेता याङ जिइचीसँग सात घण्टा लामो वार्ता गरेका थिए। बीबीसीका अनुसार वार्तामा उनीहरूले चीन-अमेरिका बढ्दो व्यापार युद्धलाई मत्थर पार्ने प्रयास गरेका छन्।
" /> काठमाडौं। केही दिनयता भारत र चीनबीच बढ्दो तनावप्रति अमेरिकाले पहिलोपटक प्रतिक्रिया जनाएको छ।गलवान क्षेत्रमा भारत र चीनका सेनाबीच १ असार राति भएको हिंसात्मक झडपको घटनालाई लिएर अमेरिकाले प्रतिक्रिया जनाएको हो।

">