काठमाडौं। ८ जेठमा कोरोना भाइरसको संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भयो। उनी थिए गुल्मी मदाने गाउँपालिका-६ फुर्कोटदहका ४१ वर्षीय शिक्षक। उनको शव रूपन्देहीमा गाडियो।

हिन्दू धर्म संस्कार अनुसार अन्तिम संस्कार गर्नुपर्ने माग परिवारको थियो। परिवारको स्वीकृती वेगर उनको शवलाई नेपाली सेनाले जंगलमा लगेर गाडिदियो।

“हामीले हिन्दू संस्कार अनुसार दाइको शवको अन्त्येष्टी हुनुपर्छ भनेका थियौं। तर, हाम्रो चाहना विपरित बेवारिसे शव जसरी जबरजस्ती गाडियो,’ मृतक शिक्षकका भाइ वसन्त कुँवरले देखापढीसँग दुःखेसो पोखे।

स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधिमा कोरोना भाइरस संक्रमितको मृत्युपछि अन्तिम संस्कार मृतकको धार्मिक परम्पराअनुसार गर्नुपर्ने स्पष्ट उल्लेख छ। तर, सम्बद्ध निकायले कार्यविधिअनुसार सम्भव नभएको जनाउँदै आफन्तको भावनाविपरीत शव व्यवस्थापन गर्दै आएको छ।

४ जेठमा बाँकेको नरैनापुर-५ को क्वारेन्टाइनमा २५ वर्षीय युवकको मृत्यु भयो। मृतक युवकको पीसीआर परीक्षणका क्रममा पोजिटिभ देखिएपछि उनको शव व्यवस्थापन गर्न समस्या पर्‍यो।

लामो समयदेखि शव कसरी व्यवस्थापन गर्ने भन्ने टुंगो नलागेपछि राप्ती नदी किनारामा खाल्डो खनेर शव गाडियो। अन्तिम संस्कारका क्रममा आफन्तलाई पनि टाढाबाटै हेर्न मात्र दिइयो।

‘भतिजको शव हामीले आफ्नो संस्कार अनुसार गर्न पाएनौं। डोजरको बकेटले शव उठाउँदा हामीलाई भतिजको शवमाथि अपमान भएजस्तो लाग्यो। मन भक्कानियो,’ मृतकका काका इुब्राहिमले भने। भतिजको अन्तिम संस्कारमा सुरक्षाकर्मीले मनलाग्दी गरेको उनको गुनासो छ।

अहिलेसम्म मृतकको शरीरबाट जीवित मान्छेमा कोरोना सरेको कुनै प्रमाण भेटिएको छैन। केही समय अगाडि गरिएको एक पत्रकार सम्मेलनमा डब्लुएचओका प्रवक्ता विलियम अडुक्रोले नजिकै गएर चुम्बन गर्ने, अंगालो हाल्ने काम नगरी स्वास्थ्य सुरक्षा अपनाएर भौतिक दूरी कायम गर्दा समस्या नपर्ने बताएका थिए।

मुस्लिम परम्पराअनुसार शवलाई गाडिन्छ। तर, त्यसको लागि आफ्नै ठाउँ र विधि हुन्छ। भतिजको शवलाई संस्कारविपरीत सेनाले आफ्नै तरिकाले राप्ती किनारमा गाडेको इब्राहिमले बताए।

नेपालमा हालसम्म २२ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ। उनीहरूमध्ये तीनजनाको मात्र संस्कार अनुसार अन्त्येष्टी गरिएको छ।

संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी सुत्केरीको पशुपति आर्यघाट स्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार गरिएको थियो। त्यस्तै दोलखाका ७६ वर्षीय वृद्धको पनि पशुपतिमै अन्तिम संस्कार गरिएको थियो।

कोरोना संक्रमणबाट मृत्यु भएका केहीको भने उनीहरूको अन्त्येष्टिपछि मात्रै कोरोना पुष्टि भएको थियो। बाँकी सबै शवलाई नेपाली सेनाले आँफूलाई सहज हुने तरिकाले गाडेको थियो।

‘खुल्ला स्थानमा जलाउन मिल्दैन। यस्तो गरे समुदायमा सर्ने सम्भावना बढी हुन्छ। पशुपतिमा जस्तो विद्युतीय शव दाहन गृहको सुविधा अन्त छैन। त्यसकारण गाड्नुपरेको हो,’ नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले देखापढीसँग भने।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ कार्यविधि अनुसार शवको अन्तिम संस्कार गर्न नसकेको स्वीकार्छन्। कोरोना संक्रमितको शव भन्नेवित्तिकै स्थानीयले अवरोध सिर्जना गर्ने गरेको अनुभव उनी सुनाउँछन्।

‘कार्यविधि अनुसार अन्त्येष्टी गर्न समस्या छ। त्यही भएर छापामार शैलीमा गर्नुपरेको हो। शवको जतिसक्दो चाँडो व्यवस्थापन गर्नुपर्ने हुन्छ। तर, स्थानीयबाट सहयोग पाइएको छैन्,’ प्रजिअ कुरुम्वाङले भने।

स्वास्थ्य मन्त्रालयले जारी गरेको कार्यविधि अनुसार अनिवार्य रूपमा पन्जा, चस्मा, टोपी, मास्कसहितको पीपीई लगाएका आफन्तले अन्तिम संस्कारमा सहभागी हुन पाउँछन्।

अन्तिम संस्कार गर्नुअघि आफ्नो परम्परा अनुसार शव नछोई पानी छर्किने, पाठ गर्ने र फूलमाला चढाउने कार्य गर्न दिनुपर्ने व्यवस्था छ। मृतकका आफन्तले शव हेर्न चाहेमा नछोइकन कम्तिमा एक मिटर टाढाबाट एक/एक जनाले पालैपालो हेर्न पाउनेछन्।

तर, अहिलेसम्मका शव व्यवस्थापनमा यो कार्यविधि लागू भएको पीडित परिवारले अनुभव गर्न पाएका छैनन्।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को निर्देशिकामा शव व्यवस्थापन गर्दा मृतक तथा उसको परिवारको सम्मान जोगाउनुपर्ने व्यवस्था छ।

" /> काठमाडौं। ८ जेठमा कोरोना भाइरसको संक्रमणबाट तेस्रो व्यक्तिको मृत्यु भयो। उनी थिए गुल्मी मदाने गाउँपालिका-६ फुर्कोटदहका ४१ वर्षीय शिक्षक। उनको शव रूपन्देहीमा गाडियो।

"> कोरोना संक्रमितको शव व्यवस्थापनमा परिवारको असन्तुष्‍टि, भन्छन् - 'कार्यविधि विपरीत भयो': Dekhapadhi
कोभिड-१९ बाट मृत्यु भएका स्याङ्जाका ६० वर्षीय बृद्धको अन्तिम संस्कारका लागि शव लगिँदै।
कोरोना संक्रमितको शव व्यवस्थापनमा परिवारको असन्तुष्‍टि, भन्छन् - 'कार्यविधि विपरीत भयो'

प्रतिक्रिया दिनुहोस्