काठमाडौं। करिम बेन्जेमाको दुई गोल प्रेरणामा रियाल मड्रिडले गएराति भ्यालेन्सियाविरुद्ध ३-० को नतिजा निकाल्दै शीर्ष क्लब बार्सिलोनाकामाथि दबाब कायमै राखेको छ। यससँगै बेन्जेमा रियालमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको पाँचौं स्थानमा पुगेका छन्।
३२ वर्षे बेन्जेमाले रियालबाट सबै खाले प्रतियोगितामा गरी २४३ गोल गरिसकेका छन्। उनले फेरेन्क पुस्कासलाई पछि पारेका छन्।
रियालबाट सबैभन्दा धेरै क्रिष्टियानो रोनाल्डोले ४५० गोल गरेका छन्। दोस्रो स्थानमा हुने राउलले ३२३, तेस्रो स्थानको अल्फ्रेडो डी स्टेफानोले ३०८, चौथो स्थानमा हुने सान्टिलानाले २९०, पाँचौं स्थानको करिम बेन्जेमाले २४३ र छैटौं स्थानको पुस्कासले २४२ गोल गरेका छन्।
चेल्सीका पुर्व फरवार्ड इडेन हजार्डको पासमा बेन्जेमाले ६१औं मिनेटमा गोल गर्दै रियाललाई अग्रता दिएका थिए। ७४औं मिनेटमा बैकल्पिक खेलाडी मार्को एसेन्सियोले फर्लान्ड मेन्डीको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए।
एसेन्सियो एक मिनेटअघि मात्र फेडरिको भाल्भार्डेको स्थानमा मैदान छिरेका थिए। एसेन्सियोले मैदान छिर्ने वित्तिकै गोल गरे।
एसेन्सियोकै पासमा बेन्जेमाले खेल सकिन चार मिनेट बाँकी छँदा अर्को गोल थप्दै रियालको तीन अंक पक्का गरेका थिए।
बेन्जेमाको व्यक्तिगत दोस्रो गोल कति धेरै उत्कृष्ट थियो भने त्यसमा प्रशिक्षक जिनेदिन जिदानलाई समेत आश्चर्यमा परेका थिए। बेन्जेमाको गोलबाट आश्चर्यमा परेका जिदानले हात टाउकोमा राखिरहेका थिए।
जितसँगै रियालले २९ खेलबाट ६२ अंक जोडेको छ। जुन शीर्ष क्लब बार्सिलोना दुई अंकले पछाडी हो भने तेस्रो स्थानको सेभियाभन्दा ११ अंकले माथि हो। भ्यालेन्सिया भने ४३ अंकका साथ आठौं स्थानमा छ।
गएराति नै सम्पन्न अन्य खेलमा डेपोर्टिभो अलाभेसले रियाल सोसिडाडलाई २-० ले पराजित गर्यो। हारसँगै रियाल सेसिडाडले चौथो स्थानमा उक्लने मौका गुमायो।
रियाल सोसिडाड ४७ अंकका साथ छैटौं स्थानमा छ। जुन चौथो स्थानको एट्लेटिको मड्रिडभन्दा दुई अंकले पछाडी हो। अलाभेस भने ३५ अंकका साथ १२औं स्थानमा छ।
" /> काठमाडौं। करिम बेन्जेमाको दुई गोल प्रेरणामा रियाल मड्रिडले गएराति भ्यालेन्सियाविरुद्ध ३-० को नतिजा निकाल्दै शीर्ष क्लब बार्सिलोनाकामाथि दबाब कायमै राखेको छ। यससँगै बेन्जेमा रियालमा सर्वाधिक गोल गर्ने खेलाडी सूचीको पाँचौं स्थानमा पुगेका छन्।३२ वर्षे बेन्जेमाले रियालबाट सबै खाले प्रतियोगितामा गरी २४३ गोल गरिसकेका छन्। उनले फेरेन्क पुस्कासलाई पछि पारेका छन्।

">