कैलाली। क्वारेन्टाइनबाट घर पठाइएका डडेल्धुराका ५८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको छ।
गन्यापधुरा गाउँपालिकाले क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाएकाहरूमध्ये ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
गाउँपालिकाले कोरोना परीक्षणका लागि क्वारेन्टाइनमा रहेका व्यक्तिहरूको स्वाब संकलन गरी एक हप्ताअघि उनीहरूलाई घर पठाएको थियो।
हिजो, ४ असारमा आएको रिपोर्टमा पोजिटिभ देखिएपछि संक्रमण फैलिने जोखिमले सन्त्रास बढेको छ।
गन्यापधुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेव नौन्यालले क्वारेन्टाइनमा राखेको १४ दिनसम्म कसैमा कोभिड-१९ को लक्षण नदेखिएको र स्वाब परीक्षणको रिपोर्ट पनि ढीला आएकाले घर पठाएको बताए।
स्वास्थ्य कार्यालयका अनुसार हिजो डडेल्धुराका ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। जसमा गन्यापधुरा गाउँपालिकाका ५८, परशुराम नगरपालिकाका २१ र अजयमेरु गाउँपालिकाका चारजना छन्।
" /> कैलाली। क्वारेन्टाइनबाट घर पठाइएका डडेल्धुराका ५८ जनाको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको छ।गन्यापधुरा गाउँपालिकाले क्वारेन्टाइनमा रहेकाहरुलाई घर पठाएकाहरूमध्ये ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

">