काठमाडौं। गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी (बर्दाघाट सुस्तापूर्व) मा दुईजना, बागलुङमा १४ जना, कास्कीमा छ जना र स्याङजामा दुईजनामा संक्रमण फेला परेको हो।
संक्रमितमध्ये चारजना महिला छन्। पछिल्लो समय कोभिड-१९ पोजिटिभ देखिएका यी संक्रमितहरू २४ देखि ६३ वर्ष उमेर समूहका छन्।
निर्देशनालयले बिहान जारी गरेको विज्ञप्ति अनुसार कोरोना भाइरस संक्रमण भेटिएका सबैजना भारतबाट फर्किएका हुन्।
पछिल्लो समय थप भएका २४ जनासहित गण्डकी प्रदेशमा कोरोना भाइरसबाट संक्रमितको संख्या ३४८ पुगेको छ।
उनीहरू सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा बसेका थिए।
अहिले २४ जना सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लाने तयारी भइरहेको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार नवलपरासी (बर्दाघाट सुस्तापूर्व) मा दुईजना, बागलुङमा १४ जना, कास्कीमा छ जना र स्याङजामा दुईजनामा संक्रमण फेला परेको हो।

">