काठमाडौं। पछिल्लो २४ घण्टामा ६७१ जना कोरोना भाइरस संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या सात हजार ८४८ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार नेपालमा सबैभन्दा धेरै युवा नै संक्रमित देखिएका छन्। २१ देखि ३० वर्ष उमेर समूहका ३६.८७ प्रतिशत र ३१ देखि ४० वर्ष उमेर समूहका २२.२७ प्रतिशत संक्रमित छन्।
२१ देखि ३० वर्ष उमेर समूहको संक्रमित हुने संख्या दुई हजार ८९३ छ भने ३१ देखि ४० वर्ष उमेर समूहको संख्या एक हजार ७४८ छ। यो दुवै संख्या जोड्ने हो भने चार हजार ६४१ हुन आउँछ। अर्थात, नेपालमा कोभिड–१९ बाट सबैभन्दा धेरै युवा नै ५९.१३ प्रतिशत देखिएका छन्।
मन्त्रालयका अनुसार ० देखि १० वर्ष उमेर समूहका १९२, ११ देखि २० वर्ष उमेर समूहका एक ९४२, २१ देखि ३० वर्ष उमेर समूहका दुई हजार ८९३ र ३१ देखि ४० वर्ष उमेर समूहका एक हजार ७४८ संक्रमित भएका छन्। यसैगरी, ४१ देखि ५० वर्ष उमे समूहका ७४०, ५१ देखि ६० वर्ष उमेर समूहका २५१, ६१ देखि ७० वर्ष उमेर समूहका ६३, ७१ देखि ८० वर्ष उमेर समूहका १५ र ८० भन्दा माथिका चार जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ।
अहिलेसम्म नेपालमा एक हजार १८६ जना कोरोनामुक्त भएका छन् भने २२ जनाको निधन भएको छ। नेपालमा हालसम्म एक लाख ५५ हजार ५१८ जनाको पीसीआर परीक्षण गरिएको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा ६७१ जना कोरोना भाइरस संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या सात हजार ८४८ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको विवरण अनुसार नेपालमा सबैभन्दा धेरै युवा नै संक्रमित देखिएका छन्। २१ देखि ३० वर्ष उमेर समूहका ३६.८७ प्रतिशत र ३१ देखि ४० वर्ष उमेर समूहका २२.२७ प्रतिशत संक्रमित छन्।२१ देखि ३० वर्ष उमेर समूहको संक्रमित हुने संख्या दुई हजार ८९३ छ भने ३१ देखि ४० वर्ष उमेर समूहको संख्या एक हजार ७४८ छ। यो दुवै संख्या जोड्ने हो भने चार हजार ६४१ हुन आउँछ। अर्थात, नेपालमा कोभिड–१९ बाट सबैभन्दा धेरै युवा नै ५९.१३ प्रतिशत देखिएका छन्।

">