कैलाली। जुवा खेलिरहेको अवस्थामा प्रहरीले आज साँझ आठ लाख ९३ हजार ५० रूपैयाँसहित सात जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान आरआईटी समूह र ईलाका प्रहरी कार्यालय सुखडको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी आएको थाहा पाएपछि चार जना घरको छतबाट हाम्फालेर भागेका छन्।
घोडाघोडी नगरपालिका–१ सुखडस्थित करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उपमाहानगरपालिका–३ विशालनगरका तिकल अधिकारी, जानकी गाउँपालिका–१ का कमल चौधरी, लम्की चुहा नगरपालिका–४ का नवल बुढा, टीकापुर नगरपालिका–१ का मोहन जोशी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–८ का कैलाश धामी, घोडाघोडी नगरपालिका–१ का दिपेश ऐर र सोही वडाका अक्कल शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक बिष्टले बताए।
तिलक अधिकारी पटकपटक धनगढीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेर छुटिसकेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।
" /> कैलाली। जुवा खेलिरहेको अवस्थामा प्रहरीले आज साँझ आठ लाख ९३ हजार ५० रूपैयाँसहित सात जनालाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान आरआईटी समूह र ईलाका प्रहरी कार्यालय सुखडको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। प्रहरी आएको थाहा पाएपछि चार जना घरको छतबाट हाम्फालेर भागेका छन्।घोडाघोडी नगरपालिका–१ सुखडस्थित करण थापाको घरमा तास खेल्दै गरेका धनगढी उपमाहानगरपालिका–३ विशालनगरका तिकल अधिकारी, जानकी गाउँपालिका–१ का कमल चौधरी, लम्की चुहा नगरपालिका–४ का नवल बुढा, टीकापुर नगरपालिका–१ का मोहन जोशी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–८ का कैलाश धामी, घोडाघोडी नगरपालिका–१ का दिपेश ऐर र सोही वडाका अक्कल शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक बिष्टले बताए।
तिलक अधिकारी पटकपटक धनगढीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ परेर छुटिसकेका व्यक्ति रहेको प्रहरीले जानकारी दिएको छ।
">