काठमाडौं। लकडाउन खुकुलो भएसँगै पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडिओमा देखिएका छन्।
भौतिक दूरी कायम गरी निर्माण गरिएको 'ए है माया' बोलको गीतको भिडिओमा पल, बले र रियाशासँगै टिकटकबाट चर्चामा आएका जोडी सुधिर श्रेष्ठलाई पनि देखाइएको छ।
दीपक शर्माको संगीत, श्यामस्वेत रसाइलीका एरेन्ज रहेको गीतमा मेलिना राई र सरोज ओलीको स्वर छ।
गीतको शब्द गायक ओली आफैंले लेखेका हुन् भने भिडिओ निर्देशन पनि उनी आफैंले गरेका छन्।
भिडिओमा क्वारेन्टाइनमा रहेकी युवतिप्रतिको मायालाई देखाइएको छ।
कोरोना भाइरसको संक्रमणपछि एक्लोपनको महसुश हुन नदिन मनोरञ्जनसँगै माया, प्रेम र सहयोगको आवश्यकता पर्ने भएकाले सोही अनुसार व्यवहार गर्नुपर्ने म्युजिक भिडिओमा सन्देश दिन खोजिएको छ।
" /> काठमाडौं। लकडाउन खुकुलो भएसँगै पल शाह, सागर लम्साल (बले) र रियाशा दाहाल एउटै म्युजिक भिडिओमा देखिएका छन्।भौतिक दूरी कायम गरी निर्माण गरिएको 'ए है माया' बोलको गीतको भिडिओमा पल, बले र रियाशासँगै टिकटकबाट चर्चामा आएका जोडी सुधिर श्रेष्ठलाई पनि देखाइएको छ।

">