काठमाडौं। बझाङमा हतियारसहित दुईजना पक्राउ परेका छन्। सुर्मागाउँपालिका–२ गजौनका ३२ वर्षीय लोकबहादुर बोहरा र २१ वर्षीय निर्मला बीसीलाई विभिन्न हातहतियारसहित प्रहरीले आज पक्राउ गरेको हो।
उनीहरूको साथबाट लोड अवस्थामा रहेको एकनाले भरुवा बन्दुक एक थान, सोही बन्दुकको छर्रा २९३ थान, बारुदको डिब्बा चार वटा, खुकुरी एक थान, हसिँया एकथान, चक्कु एक थान, हतियार धारिलो बनाउने ढुङगा एक थान, टर्च उक थान, मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ।
दुवैजना बहुबिवाह मुद्दामा संलग्न रही फरार रहेकामा उनीहरूको खोजी गर्ने क्रममा विशेष सूचनाको आधारमा प्रहरी चौकी दौलीचौरबाट खटिएको प्रहरीले सुर्मागाउँपालिका–२ स्थित ओढारमा लुकीछुपी बसेको अवस्थामा हातहतियारसहित पक्राउ गरेको हो।
उनीहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
" /> काठमाडौं। बझाङमा हतियारसहित दुईजना पक्राउ परेका छन्। सुर्मागाउँपालिका–२ गजौनका ३२ वर्षीय लोकबहादुर बोहरा र २१ वर्षीय निर्मला बीसीलाई विभिन्न हातहतियारसहित प्रहरीले आज पक्राउ गरेको हो।उनीहरूको साथबाट लोड अवस्थामा रहेको एकनाले भरुवा बन्दुक एक थान, सोही बन्दुकको छर्रा २९३ थान, बारुदको डिब्बा चार वटा, खुकुरी एक थान, हसिँया एकथान, चक्कु एक थान, हतियार धारिलो बनाउने ढुङगा एक थान, टर्च उक थान, मोबाइल एक थान बरामद भएको प्रहरीले जनाएको छ।

">