काठमाडौं। नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापासहित नेपालका ४ प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गरेका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाल पुलिस क्लबका प्रशिक्षक थापा, संकटाका पूर्वप्रशिक्षक सल्यान खड्की र बाँसबारीका युगल किशोर राई र चेतन घिमिरेले एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेको जनाएको छ।
कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए। त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षक चुनबहादुर थापा र जापानमा बस्दै आएका बसन्त गौचनले एएफसी ‘ए’ लाइसेन्स ‘प्रो’ प्राप्त गरेका छन्। उनीहरू लिखित परीक्षामा फेल भएपनि प्रयोगात्मक परीक्षा भने पास भएका थिए। तथापी, पछि एएफसी ‘ए’लाइसेन्स प्रो भएका हुन्। उनीहरुले पुनः लिखित परीक्षा दिन पाउने छन्।
एएफसीले १ डिसेम्बर २०१९ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा कोचिङ कोर्सको आयोजना गरेको थियो।
" /> काठमाडौं। नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापासहित नेपालका ४ प्रशिक्षकले एएफसी ‘ए’ कोचिङ लाइसेन्स प्राप्त गरेका छन्।अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज नेपाल पुलिस क्लबका प्रशिक्षक थापा, संकटाका पूर्वप्रशिक्षक सल्यान खड्की र बाँसबारीका युगल किशोर राई र चेतन घिमिरेले एएफसी ‘ए’ लाइसेन्स प्राप्त गरेको जनाएको छ।कोचिङ कोर्समा नेपालभरका २३ भन्दा बढीले सहभागिता जनाएका थिए। त्रिभुवन आर्मी क्लबका सहायक प्रशिक्षक चुनबहादुर थापा र जापानमा बस्दै आएका बसन्त गौचनले एएफसी ‘ए’ लाइसेन्स ‘प्रो’ प्राप्त गरेका छन्। उनीहरू लिखित परीक्षामा फेल भएपनि प्रयोगात्मक परीक्षा भने पास भएका थिए। तथापी, पछि एएफसी ‘ए’लाइसेन्स प्रो भएका हुन्। उनीहरुले पुनः लिखित परीक्षा दिन पाउने छन्।
एएफसीले १ डिसेम्बर २०१९ देखि ८ मार्च २०२० सम्म काठमाडौंमा कोचिङ कोर्सको आयोजना गरेको थियो।
">