कैलाली । सुदूरपश्चिममा आज २१४ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३ र कर्णालीमा भएको परीक्षणमा एक जना गरी थप २१४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।
संक्रमितहरू डडेल्धुरा, बैतडी, कैलाली, बाजुरा र अछाम जिल्लाका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
अछामका ११ महिला र ३१ पुरुष गरी ४२ जना, बैतडीका २ महिला र २३ पुरुष गरी २५ जना, बाजुरामा १५ महिला र २६ पुरुष गरी ४१ जना, डडेल्धुराका ७ महिला र ७७ पुरुष गरी ८४ जना, कैलालीमा २ महिला र १९ पुरुष २१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै कर्णालीको एक प्रयोगशालामा कैलालीकै थप एकजनामा कोरोना भाइरस संक्रमण पाइएको छ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ५९३ पुगेको छ।
अहिलेसम्म सबैभन्दा बढी कैलालीका १४६ जना संक्रमित फेला परेका छन्। त्यस्तै कञ्चनपुरमा ७५, डडेल्धुरामा १२३, डोटीका ४२, बैतडीमा ५२, अछामका ६६, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
कोभिड-१९ पुष्टि भएका चारजनाको मृत्यु भएको छ। ८१ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किएका छन्।
" /> कैलाली । सुदूरपश्चिममा आज २१४ जनामा कोरोना भाइरस संक्रमण फेला परेको छ।टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २१३ र कर्णालीमा भएको परीक्षणमा एक जना गरी थप २१४ जनामा कोभिड-१९ पोजिटिभ देखिएको हो।

">