पछिल्लो २४ घण्टामा ६७१ जनामा कोरोना भाइरस संक्रमण, नेपालमा कूल संक्रमित ७ हजार ८४८ पुग्यो
<p style="text-align: justify;">काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६७१ जनामा कोरोना भाइरस संक्रमणको पुष्‍टि भएको छ। </p>
<p style="text-align: justify;">एकैदिन थपिएका संक्रमितको संख्या यो आजसम्मकै धेरै जना हुन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका छुट्टाछुट्टै प्रयोगशालामा गरिएको परीक्षणमा विभिन्‍न जिल्लाहरूमा ती संक्रमित फेला परेका हुन्। </p>
<p style="text-align: justify;">आज कोभिड-१९ पुष्‍टि भएकासहित नेपालमा कूल संक्रमितको संख्या ७ हजार ८४८ पुगेको मन्त्रालयले जनाएको छ। </p>