कैलाली। कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन गरिएको छ। लम्कीचुहा नगरपालिकाकी महिला र गोदावरी नगरपालिकाका पुरुषको शव आज व्यवस्थापन गरिएको हो।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गोदावरी नगरपालिका–१ का कोरोना संक्रमित पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ। सेनाको तेघरीस्थित् नेपाली सेनाको भवानी दलले शवको व्यवस्थापन गरेको छ। मृतकको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।
यस्तै, कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकी कैलालीको लम्कीचुहा नगरपालिकाकी महिलाको शव बाँकेको जंगलमा शव व्यवस्थापन गरीएको छ। उनको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो। उनलाई मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।
" /> कैलाली। कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएका कैलालीका दुई जनाको शव व्यवस्थापन गरिएको छ। लम्कीचुहा नगरपालिकाकी महिला र गोदावरी नगरपालिकाका पुरुषको शव आज व्यवस्थापन गरिएको हो।सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका गोदावरी नगरपालिका–१ का कोरोना संक्रमित पुरुषको नेपाली सेनाले शव व्यवस्थापन गरेको छ। सेनाको तेघरीस्थित् नेपाली सेनाको भवानी दलले शवको व्यवस्थापन गरेको छ। मृतकको शव मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

">