काठमाडौं। कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।
महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार दैलखमा ८६ र सुर्खेतमा ३४ जना संक्रमित फेला परेका छन्।
योसहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार २२४ पुगेको छ।
कर्णाली प्रदेशमा अहिलेसम्म ५०५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन्।
यस प्रदेशमा चारजनाको मृत्यु भएको महाशाखाले जनाएको छ।
" /> काठमाडौं। कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार प्रदेश अस्पताल सुर्खेत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको हो।

">