काठमाडौं। रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यूईएफए च्याम्पियन्स लिगको नयाँ ढाँचा अवलम्बन गर्न आफूलाई कुनै समस्या नरहेको बताएका छन्। रियाल च्याम्पियन्स लिगको पहिलो लेगमा प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको थियो।
त्यसपछ कोभिड-१९ महामारीले खेलकुद गतिविधि स्थगित भएपछि दोस्रो लेग भएको थिएन। फ्रेन्च लिग वानबाहेक अहिले युरोपका ठूला लिगहरू पुनः शुरू भइसकेका छन्। हिजो यूईएफएले च्याम्पियन्स लिग पनि पुनः शुरू गर्ने निर्णय गरेको छ। तर, यूईएफएले प्रतियोगिताको स्वरूपमा केही परिवर्तन गरेको छ। लिगमा क्वार्टरफाइनल र सेमिफाइनलका खेल पोर्चुगलको लिस्बनमा हुनेछ।
त्यस्तै, क्वार्टरफाइनल र सेमिफाइनलमा एउटा लेगमात्र हुनेछ। यसअघि होम एण्ड अवे गरी दुई लेगका खेल हुन्थे। खेल बराबरीमा सकिए थप समय र पेनाल्टी सुटआउटबाट निर्णय लिइनेछ। खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ। तथापि, अन्तिम १६ का बाँकी खेल भने पूर्वनिर्धारित निमयअनुसार नै हुनेछ।
रियालका प्रशिक्षक जिदानले समस्या समाधानका लागि यूईएफएले राम्रो निर्णय गरेको बताएका छन्। “हामी फरक परिस्थितिमा उभिएका छौं र अबका हरेक कुरा फरक हुनेछन्,’’ जिदानले भने, “‘हामीलाई नयाँ स्वरूपबारे थाहा भयो। तर, हामी अझै पनि सिटीविरुद्धको खेल कसरी खेल्ने भन्ने थाहा छैन। त्यो खेल लिस्वन वा म्यानचेस्टर जहाँ खेल्न पनि तयार छौं। हामी फेरि खेल्न पाएको छौं, त्यो महत्वपूर्ण कुरा हो। च्याम्पियन्स लिगको नयाँ स्वरूपमा मलाई कुनै समस्या छैन।’’
पुनः शुरू भएको स्पेनिस ला लिगमा रियालले इबरविरुद्ध ३–१ को नतिजा निकालेको थियो। यद्यपी, प्रशिक्षक जिदानले टीममा सुधार गर्नुपर्ने धेरै ठाँउ रहेको बताएका छन्।
" /> काठमाडौं। रियाल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यूईएफए च्याम्पियन्स लिगको नयाँ ढाँचा अवलम्बन गर्न आफूलाई कुनै समस्या नरहेको बताएका छन्। रियाल च्याम्पियन्स लिगको पहिलो लेगमा प्रिमियर लिगको क्लब म्यानचेस्टर सिटीसँग घरेलु मैदानमा २–१ ले पराजित भएको थियो।त्यसपछ कोभिड-१९ महामारीले खेलकुद गतिविधि स्थगित भएपछि दोस्रो लेग भएको थिएन। फ्रेन्च लिग वानबाहेक अहिले युरोपका ठूला लिगहरू पुनः शुरू भइसकेका छन्। हिजो यूईएफएले च्याम्पियन्स लिग पनि पुनः शुरू गर्ने निर्णय गरेको छ। तर, यूईएफएले प्रतियोगिताको स्वरूपमा केही परिवर्तन गरेको छ। लिगमा क्वार्टरफाइनल र सेमिफाइनलका खेल पोर्चुगलको लिस्बनमा हुनेछ।

">