काठमाडौं। यूएईको दुबई र साउदी अरबको रियादमा समस्यामा परेका नेपालीहरूलाई लिनको लागि नेपाल एअरलाइन्सको जहाज त्यसतर्फ जान लागेको छ।
आज साँझ नेपाल एअरलाइन्सको जहाज दुबई र रियाद जान लागेको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले बताइन्।
नेपाल एअरलाइन्सको न्यारोबडी जहाज दुबई जान लागेको हो। सो जहाज भोलि ५ असार बिहान काठमाडौं फर्कने उडान तालिका छ।
त्यसैगरी, मलेसियामा अलपत्र परेका नेपालीलाई काठमाडौं ल्याउनको लागि हिमालयन एअरलाइन्सको जहाज मलेसियाको राजधानी क्वालालम्पुर गएको छ।
आज बिहान त्यसतर्फ गएको जहाज आजै साँझ काठमाडौं आइपुग्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार कुवेतमा अलपत्र परेका नेपालीहरूलाई लिएर जजिरा एअरलाइन्सको जहाज पनि काठमाडौं आउँदैछ।
कुवेत सरकारले नै उडान व्यवस्थापन गरेर कुवेतमा समस्यामा परेका नेपाली कामदारहरूलाई काठमाडौं ल्याइदिन लागेको हो। कुवेतबाट यसअघि तीन वटा उडानमा नेपालीहरू काठमाडौं आइसकेका छन्।
ओमानको मस्कटबाट पनि सलाम एअरको जहाजमा १४७ नेपाली काठमाडौं आइपुग्नेछन्।
आज नै कतार एअरलाइन्सको जहाज पनि काठमाडौं आएर ३०० विदेशी काठमाडौंबाट लैजान लागेको त्रिभुवन विमानस्थल कार्यालयले जानकारी दिएको छ।
दोहाबाट आउने कतार एअरलाइन्सको उक्त जहाजमा एक नेपाली महिला यात्रु पनि काठमाडौं आउन लागेकी छन्।