काठमाडौं। आर्सनलका रक्षक डेबिड लुइसले प्रिमियर लिगमा म्यानचेस्तर सिटीसँग ३–० ले पराजित हुनुमा आफू जिम्मेवार रहेको बताएका छन्। लुइसले आफू पुनः क्लबका लागि खेल्ने विश्वास व्यक्त गरेका छन्। आर्सनलसँग लुइसको सम्झैता यसै महीनाको अन्तिममा समाप्त हुदैछ। गएराति सम्पन्न सिटीविरुद्धको खेलमा लुइसले रियाद महारेजलाई फाउल गरेपछि रातो कार्डको सामना गरेका थिए।
२४औं मिनेटमा मैदान छिरेका लुइस ४९औं मिनेटमा रातो कार्डको सामना गरेर बाहिरिएका थिए। “यो मेरो गल्ति हो,’’ ३३ वर्षे लुइसले भने, “टीमले दश खेलाडीमा सिमित भएर पनि राम्रो प्रदर्शन गर्यो। प्रशिक्षक धेरै राम्रा छन्। सबै खेलाडीले राम्रो खेले। टीम हार्नुमा मेरो गल्ति छ।’’
आफ्नो भविष्यबारे ब्राजिलका रक्षक लुइसले थपे, “म यही क्लबमा बस्न चाहन्छु। त्यो प्रशिक्षकलाई पनि थाहा छ। र, उनी पनि म यही बसोस भन्ने चाहन्छन्।’’ लुइस गत वर्षमात्र चेल्सीबाट ८० लाख पाउण्डमा आर्सनलसँग अनुबन्ध भएका थिए। तर, उनको सम्झौता नविकरण हुने÷नहुने दुविधाका कारण उनलाई सिटीविरुद्ध शुरूमा बेन्चमा राखिएको थियो।
“मैले पछिल्ला दुई महीनामा विभिन्न निर्णय लिनुपर्ने थियो। तर मैले लिइँन,’’ लुइसले भने, “अब मेरो सम्झौता सकिन १४ दिन बाँकी छ। त्यसैले मेरो भविष्यबारे म चाँडो भन्दा चाँडो निर्णय लिनु पर्थ्यो। तर, मैले त्यसो गरिनँ।’’ आर्सनलका प्रशिक्षक माइकल अर्टेटाले रक्षक लुइसको प्रदर्शनमा आलोचना गरेनन्।
" /> काठमाडौं। आर्सनलका रक्षक डेबिड लुइसले प्रिमियर लिगमा म्यानचेस्तर सिटीसँग ३–० ले पराजित हुनुमा आफू जिम्मेवार रहेको बताएका छन्। लुइसले आफू पुनः क्लबका लागि खेल्ने विश्वास व्यक्त गरेका छन्। आर्सनलसँग लुइसको सम्झैता यसै महीनाको अन्तिममा समाप्त हुदैछ। गएराति सम्पन्न सिटीविरुद्धको खेलमा लुइसले रियाद महारेजलाई फाउल गरेपछि रातो कार्डको सामना गरेका थिए।२४औं मिनेटमा मैदान छिरेका लुइस ४९औं मिनेटमा रातो कार्डको सामना गरेर बाहिरिएका थिए। “यो मेरो गल्ति हो,’’ ३३ वर्षे लुइसले भने, “टीमले दश खेलाडीमा सिमित भएर पनि राम्रो प्रदर्शन गर्यो। प्रशिक्षक धेरै राम्रा छन्। सबै खेलाडीले राम्रो खेले। टीम हार्नुमा मेरो गल्ति छ।’’

">