काठमाडौं। सेरेना विलियम्सले दर्शकविना भएपनि अगष्टमा हुने यूएस ओपन टेनिस प्रतियोगिता खेल्न आतुर रहेको बताएकी छिन्।

सेरेना कीर्तिमानी २४औं ग्राण्डस्लाम उपाधिको पर्खाइमा छिन्।

प्रतियोगिता दर्शक विनाको कोर्टमा ३१ अगष्टबाट न्यूयोर्कमा हुनेछ। केही खेलाडीले न्युयोर्कमा यूएस ओपन गर्ने कुरामा असन्तुष्टी व्यक्त गरेका थिए। तर ३८ वर्षे विलियम्सले भनिन्, ‘‘म न्यूयोर्क फर्किएर यूएस ओपन २०२० खेल्न आतुर छु।’’

कोभिड-१९ महामारीका कारण एटीपी र डब्ल्यूटीए भ्रमणहरू मार्चबाट स्थगित भएको थियो। जुन अगष्टबाट पुनः शुरू हुन लागेको छ। १९४५ पछि पहिलो पटक यो वर्ष विम्बल्डन च्याम्पियनसीप रद्द भएको छ। महामारीपछि शुरू हुन लागेको यूएस ओपन पहिलो ग्राण्डस्लाम टेनिस हो।

अमेरिका टेनिस संघले दर्शकविना प्रतियोगिता गर्ने निर्णय लिन कठिन भएपनि सही भएको जनाएको छ। केही खेलाडीले यूएस ओपन न्यूयोर्क गर्ने निर्णयमा प्रश्न उठाएका थिए। न्यूयोर्क अमेरिकाको कोभिड-१९ बाट धेरै प्रभावित राज्यमध्ये एक हो।

सेरेना अस्ट्रेलियाकी मार्गरेच कोउर्टको कीर्तिमानी २४ ग्राण्डस्लामभन्दा एक उपाधिले मात्र पछि छन्। अमेरिकाकी सेरेनाले दुई यूएस ओपनसहित पछिल्लो चार ग्राण्डस्लामको फाइनलमा पराजित भएकी थिइन्। २०१७ मा छोरी जन्माएर खेलमा फर्किएपछि सेरेना उपाधिका लागि संघर्ष गरिरहेकी छिन्।

‘‘मलाई लाग्छ अमेरिका टेनिस संघले सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्नेछ। सबै सुरक्षित र राम्रोसँग हुन्छ भन्ने मेरो विश्वास छ,’’ ६ पटक उपाधि जितिसकेकी सेरेनाले भनिन्।

सेरेनाको घोषणासँगै यूएस ओपनको महत्व बढेको छ। पुरुषतर्फको शीर्ष वरियाताका राफेल नाडाल र नोभाक जोकोभिचले सहभागिता सुनिश्चित गरिसकेका छैनन् भने रोजर फेडेरर पनि घुँडाको चोटबाट मुक्त हुन संघर्ष गरिरहेका छन्।

" /> काठमाडौं। सेरेना विलियम्सले दर्शकविना भएपनि अगष्टमा हुने यूएस ओपन टेनिस प्रतियोगिता खेल्न आतुर रहेको बताएकी छिन्।

"> सेरेना विलियम्स यूएस ओपन खेल्न आतुर: Dekhapadhi
सेरेना विलियम्स यूएस ओपन खेल्न आतुर

प्रतिक्रिया दिनुहोस्