काठमाडौं। व्यवसायका सबै क्षेत्रलाई झैँ नेपाली प्रकाशन व्यवसायलाई पनि कोभिड-१९ महामारीले प्रभावित पारेको छ।
यही अप्ठ्यारो र अनेक संकटसँगै नेपाली प्रकाशन उद्योगलाई यो समयले ई-कमर्सको नयाँ क्षितिज निहार्ने र ई-प्लेटफर्ममा अवतरण हुने अवसर पनि प्रदान गरेको छ ।
यसै सन्दर्भमा नेपालयबाट प्रकाशित सबै किताबहरू हाल अमेजन, बार्न्स एण्ड नोबल लगायतका माध्यमहरू मार्फत संसारभर उपलब्ध छन्। साथै, अँग्रेजी भाषाका पुस्तकहरू 'ई-बुक'का रुपमा किन्डलमा पनि उपलब्ध छन्।
‘विगतमा हामीले, यहीं विकास गरिएका विभिन्न ई-बुकका प्लेटफर्मलाई प्रयोग गर्ने प्रयत्न नगरेका होइनौं. तर, ती सबै माध्यममा केही न केही प्रविधिक कमजोरीहरू रहे र दुर्भाग्यबस प्राय प्लेटफर्महरु निरन्तरत रहन सकेनन' नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन् ।
‘माहामारी बीच आइपरेको लकडाउनको दौरान, इन्टरनेट मार्फत पुस्तकको अर्डर लिएर घर दैलोमा पुर्याउने सेवा दिंदै आएको बिक्रेता मध्धेको 'थुप्रै' ले 'ई-बुक'को नयाँ अवधारणासहितको समाधान लिएर आयो र हामी यससँग सन्तुष्ट भयौं । तत्कालै, हाम्रा सबै प्रकाशनहरू ‘थुप्रै’को ‘प्लेटफर्म’ मा अपलोड गरेका थियौँ। बन्दाबन्दी बीचको करीब एक महीनामै, हाम्रा प्रकाशनका हजारभन्दा बढी प्रति पुस्तकको ई-बुक प्रति पाठकहरूले किनेका छन्। यो निकै उत्साहजनक नतिजा हो,’ किरणले भने।
यही सम्भावनालाई विस्तार गर्दै नेपालयले आफ्नो आउँदो नयाँ प्रकाशनलाई यही माध्यमबाट प्रारम्भमै 'ई-बुक’ मार्फत् सार्वजनिक गर्ने योजना बनाएको छ । र, यो योजना, आर्थिक टिप्पणीकार सुजीव शाक्यद्वारा लिखित 'अर्थात् परिवर्तन' रहेको छ । यो किताब 'ई-बुक'मार्फत् सार्वजनिक हुने नेपालयको पहिलो प्रकाशन हुने छ ।
सुजीब शाक्यको अर्थतन्त्रमा आधारित नेपाली पुस्तक, ‘अर्थात् अर्थतन्त्र’ नेपालय बाटै प्रकाशित छ, भने अंग्रेजीमा लेखिएको, ‘अनलिसिङ नेपाल’ र ‘अनलिसिङ द बज्र’ पेंगविन प्रकाशन बाट प्रकाशित छ ।
‘मेरो नयाँ पुस्तक 'ई-बुक' मार्फत् नेपाली पुस्तक बजारमा आउन लागेको कुराले म उत्साहित छु,’ लेखक सुजीव शाक्य भन्छन् । 'मेरो पुस्तकको शीर्षकमै परिवर्तन अंकित छ, पुस्तक बजार पनि परिवर्तनतर्फ अग्रसर छ।
"यस क्रममा एउटा थप प्रयोग पनि गर्दैछौं", नेपालयका किरणले भने", पुस्तक विमोचन हुनुभन्दा पहिले हामी यस पुस्तकको केही अध्यायलाई एकल अध्यायको रूपमा सार्वजनिक गर्ने छौं।'
एकल अध्यायलाई साप्ताहिक रूपमा सार्वजनिक गरिने छ जसको शुरूवात आजबाटै गरिने भएको छ। ३० असार (१४ जुलाई) मा पूर्ण रुपमा ‘ई-बुक’ मार्फत् सार्वजनिक हुनेछ ।
'थुप्रै' को एपमार्फत् पुस्तकको एकल अध्याय पन्ध्र रुपैंयामा पढ्न सकिन्छ भने पूरै पुस्तक सार्वजनिक भएपछि २५० रुपैयाँमा उपलब्ध हुनेछ। एकल अध्याय किनेर पढ्नेले पूरै पुस्तक किन्दा पहिलेको रकम छुटको रुपमा कट्टी गरिने व्यवस्था एपले गरेको छ ।
यो एकल अध्याय खरीद गर्ने पाठकले पुस्तकका अध्यायहरू पढ्दा सँगसँगै लेखकले आफै वाचन गरेको ‘अडियो’ पनि सुन्न सकिने गरी प्राविधिक तयारी गरिएको छ।
" /> काठमाडौं। व्यवसायका सबै क्षेत्रलाई झैँ नेपाली प्रकाशन व्यवसायलाई पनि कोभिड-१९ महामारीले प्रभावित पारेको छ।यही अप्ठ्यारो र अनेक संकटसँगै नेपाली प्रकाशन उद्योगलाई यो समयले ई-कमर्सको नयाँ क्षितिज निहार्ने र ई-प्लेटफर्ममा अवतरण हुने अवसर पनि प्रदान गरेको छ ।

">